Lựa chọn ngôn ngữ

mic

Chia sẻ

Chia sẻ đường dẫn

QR code for https://globalrecordings.net/script/ne/1217

unfoldingWord 17 - दाऊदसँग परमेश्‍वरको करार

unfoldingWord 17 - दाऊदसँग परमेश्‍वरको करार

Đề cương: 1 Samuel 10; 15-19; 24; 31; 2 Samuel 5; 7; 11-12

Số kịch bản: 1217

ngôn ngữ: Nepali

Khán giả: General

Mục đích: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Trạng thái: Approved

Bản văn này là một hướng dẫn cơ bản cho dịch và thu âm trong các ngôn ngữ khác. Nó phải được thích nghi với nền văn hóa và ngôn ngữ để làm cho nó phù hợp với từng khu vực, nơi nó được sử dụng khác nhau. Một số thuật ngữ và khái niệm được sử dụng có thể cần một lời giải thích đầy đủ hơn hoặc thậm chí bị bỏ qua trong các nền văn hóa khác nhau.

Kịch bản

शाऊल इस्राएलका पहिलो राजा थिए । उनी मानिसहरूले चाहेका जस्तै अग्ला र सुन्दर मानिस थिए । पहिलेका केही वर्ष शाऊल इस्राएलमाथि शासन गर्ने एक असल राजा थिए । तर पछि उनी एक दुष्ट मानिस बने र परमेश्‍वरको अनाज्ञाकारी भए, त्यसैले परमेश्‍वरले अर्कै मानिसलाई चुन्‍नुभयो जो एकदिन उसको सट्टामा राजा हुँदैथियो ।

परमेश्‍वरले दाऊद नाउँ गरेको एक जवान इस्राएलीलाई शाऊलपछि राजा हुनको निम्ति चुन्‍नुभयो । दाऊद बेथलेहम नाउँ गरेको गाँउमा बस्‍ने एक गोठाला थिए । आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्दै गर्दा धेरै पटक उनले आफ्ना भेडाहरूमाथि आक्रमण गर्न खोज्‍ने सिंह र भालुजस्ता जनावरलाई मारेका थिए । दाऊद नम्र र धर्मी मानिस थिए जसले परमेश्‍वरमा भर गर्दथे र उहाँको आज्ञा मान्‍थे ।

जब दाऊद जवान थिए, उनले गोल्यत नाउँ गरेको एकजना अजङ्गका मानिससँग लडाईं गरे । गोल्यत एक तालिम प्राप्त, धेरै बलियो र करिब तीन मिटर जति अग्लो मानिस थियो । तर परमेश्‍वरले दाऊदलाई गोल्यतलाई मार्न र इस्राएललाई बचाउन सहायता गर्नुभयो। त्यसपछि, दाऊदले इस्राएलका शत्रुहरु धेरै विजय हासिल गरे। दाऊद एक महान् सिपाही र अगुवा बने जस्ले धेरै युद्ध लडे। मानिसहरुले उनको धेरै प्रशंसा गर्थे।

शाऊल दाऊदप्रति मानिसहरूको प्रेमको डाही भए । धरैपटक शाऊलले दाऊदलाई मार्न खोजे, त्यसैले उनी शाऊलदेखि लुके । एकदिन शाऊल दाऊदलाई मार्न उनको खोजीमा हिँडीरहेका थिए । शाऊल एउटा गुफाभित्र पसे जहाँ दाऊद शाउलबाट लुकेर बसिरहेका थिए, तर शाऊलले उनलाई देखेनन् । यतिखेर दाऊद शाऊलको अति नजिक थिए र उनलाई मार्न पनि सक्थे, तर उनले त्यसो गरेनन् । बरू दाऊदले, उनको हत्या गरि आफू राजा बन्‍न चाहदैनथे भनि प्रमाणित गर्नको निम्ति शाऊलको वस्‍त्रका केहि भाग च्याते ।

आखिरमा, शाऊल लडाईंमा मरे, र दाऊद इस्राएलका राजा भए । उनी एक असल राजा थिए, र मानिसहरूले उनलाई प्रेम गर्दथे । परमेश्‍वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो । दाऊदले धेरै लडाईंहरू लडे र परमेश्‍वरले उनलाई इस्राएलका शत्रुहरूलाई हराउन सहायता गर्नुभयो । दाऊदले येरुशलेम कब्जा गरे र त्यसलाई उनको राजधानी शहर बनाए । दाऊदको शासनकालमा इस्राएल एक शक्तिशाली र सम्पन्‍न राष्ट्र बन्यो ।

दाऊद एक मन्दिरको निर्माण गर्न चाहन्थे जहाँ सारा इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्न सक्थे र उहाँलाई बलिहरू चढाउन सक्थे । करिब ४०० वर्षसम्म मानिसहरूले परमेश्‍वरको आराधना गर्ने र बलिहरू चढाउने काम भेट हुने पालमा गर्दै आएका थिए, जो मोशाले निर्माण गरेका थिए ।

तर परमेश्‍वरले नातान नाउँ गरेका एकजना अगमवक्तालाई दाऊदकहाँ यो खबर पठाउनुभयो, “तँ लडाईंको मानिस भएको हुनाले, मेरो निम्ति तैँले यस मन्दिरको निर्माण गर्नेछैनस् । तेरो छोराले यसको निर्माण गर्नेछ । तर, म तँलाई प्रशस्त आशिष् दिनेछु । तेरा सन्तानहरूमध्ये एकजनालेचाहिँ सदाको निम्ति राजाको रूपमा मेरा मानिसहरूमाथि राज्य गर्नेछ

जब दाऊदले यी कुराहरू सुने, उनले तुरुन्तै परमेश्‍वरलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे किनभने उहाँले दाऊदलाई त्यो महान् आदर र धेरै आशिषहरूको प्रतिज्ञा गर्नुभएको थियो । दाऊदलाई यी कुरा कहिले हुन्छ भनेर थाहा थिएन तर जब यी कुराहरू भए, इस्राएलीहरूले मसिह आउन अघि करिब १,००० वर्ष समय कुर्नुपर्ने थियो, ।

दाऊदले धेरै वर्षसम्म न्याय र विश्‍वासयोग्यताको साथ राज्य गरे, अनि परमेश्‍वरले उसलाई आशिष् दिनुभयो । तथापि, आफ्नो जीवनकालको अन्त्यतिर उनले परमेश्‍वरको विरुद्धमा डरलाग्दो पाप गरे ।

एकदिन, जब दाऊदका सबै सैनिकहरू लडाईंको निम्ति आफ्ना घरबाट टाढा गएका थिए, उनले आफ्नो दरबारबाट बाहिर हेरे र एकजना सुन्दरी स्‍त्री लाई नुहाइरहेको देखे । उनको नाउँ बेतशेबा थियो ।

अन्त्यै हेर्नुको सट्टा, दाऊदले कसैलाई त्यस स्‍ त्री लाई उनीकहाँ ल्याउन पठाए । दाऊद तिनीसँग सुते र तिनलाई उसको घरमा फिर्ता पठाइदिए । केही समयपछि बेतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्देश पठाइन् ।

बेतशेबाको पति, उरियाह नाउँ गरेका मानिस, दाऊदका सेनाहरूमध्येका एक उत्तम सैनिक थिए । दाऊदले उरियाहलाई लडाईंबाट फिर्ता बोलाए र उसलाई आफ्नी पत्‍नी कहाँ जान अनुरोध गरे । तर उरियाले लडाईंमा बाँकी रहेका आफ्ना सिपाहीहरूलाई छाेडेर आफ्नो घर जान इन्कार गरे । त्यसैले दाऊदले उरियाहलाई लडाईंमा फिर्ता पठाए र प्रधान सेनापतिलाई जहाँ शत्रुहरू सबैभन्दा मजबुत छन्, त्यहिँ उसलाई राख्‍ने आदेश दिए ताकि तिनी मारिऊन् ।

उरियाह मारिएपछि दाऊदले बेतशेबालाई विवाह गरे । पछि, उनले दाऊदको निम्ति छोरा जन्माइन् । दाऊदले गरेका कामप्रति परमेश्‍वर धेरै क्रोधित हुनुभयो, त्यसैले उहाँले नातान अगमवक्तालाई उनको पाप कति दुष्ट थियो भनी बताइदिन दाऊदकहाँ पठाउनुभयो । दाऊदले आफ्नो पापको निम्ति पश्‍चाताप गरे र परमेश्‍वरले उनलाई क्षमा दिनुभयो । आफ्नो बाँकी जीवनभरि दाऊदले कष्टको घडीमा पनि परमेश्‍वरलाई पछ्याए र आज्ञाकारी भए ।

तर दाऊदले गरेको पापको दण्ड स्वरूप, उनको बालकैको छोरा मर्‍यो । दाऊदको बाँकी जीवनभरि उनको परिवारमा कलह भैरह्यो र दाऊदको तागत पनि हरायो जसकारण उनी अत्यन्तै कमजोर भए । दाऊद परमेश्‍वर मा विश्‍वासयोग्य नभएतापनि परमेश्‍वर आफ्ना प्रतिज्ञाहरूमा अझै विश्‍वासयोग्य हुनुहुन्थ्यो । पछि, दाऊद र बेतशेबाको अर्को छोरा भयो र तिनीहरूले त्यसको नाउँ सोलोमन राखे ।

Thông tin liên quant

Lời Sự Sống - GRN có lưu trữ hàng ngàn thu âm của các lời dạy Phúc Âm bằng các thứ tiếng khác nhau bao gồm từ những thông điệp cơ bản từ Kinh thánh

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons