unfoldingWord 10 - दश विपत्तिहरू

unfoldingWord 10 - दश विपत्तिहरू

개요: Exodus 5-10

스크립트 번호: 1210

언어: Nepali

청중: General

장르: Bible Stories & Teac

목적: Evangelism; Teaching

성경 인용: Paraphrase

지위: Approved

이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.

스크립트 텍스트

फारो हठी हुनेछन् भनी परमेश्‍वरले मोशा र हारूनलाई सचेत गराउनुभयो । जब मोशा र हारून फारोकहाँ गए, उनीहरूले भने, “इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे!'" तर फारोले उनिहरुको कुरा सुनेनन्। इस्राएलिहरुलाई स्‍वतन्‍त्रसाथ जानदिनको सट्टा, फारोले उनिहरुलाई अझ धेरै काम गर्न बाध्य बनायो ।

फारोले इस्राएलीहरूलाई छोड्न इन्कार गरिनै रहे, त्यसैले परमेश्‍वरले मिश्रदेशमा डरलाग्दा दशवटा विपत्तिहरू पठाइदिनुभयो । परमेश्‍वरले यी विपत्तिहरूद्वारा फारोलाई उहाँ फारो र सबै मिश्री देवहरूभन्दा शक्तिशाली हुनुहुन्छ भनी देखाउनुभयो ।

परमेश्‍वरले नील नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो, तर फारोले अझै पनि इस्राएलीहरूलाई जान दिएनन् ।

परमेश्‍वरले सारा मिश्रदेशभरि नै भ्यागुताहरू पठाउनुभयो । फारोले मोशालाई भ्यागुताहरू हटाइदिन विन्ती गरे । तर सबै भ्यागुताहरू मरेपछि फारोले आफ्नो हृदय फेरि कठोर पारे र इस्राएलीहरूलाई जान दिएनन् ।

त्यसैले परमेश्‍वरले भुसुनाहरूको महामारी पठाउनुभयो । अनि त्यसपछि उहाँले झिंगाको हुलैहुल पठाउनुभयो । फारोले मोशा र हारूनलाई बोलाए र यदि उनीहरूले त्यस महामारीलाई रोकेको खण्डमा इस्राएलीहरू जान दिने बताए । जब मोशाले प्रार्थना गरे, परमेश्‍वरले सारा झिंगाहरू मिश्रबाट हटाइदिनुभयो । तर फारोले फेरि आफ्नो हृदयलाई कठोर तुल्याए र इस्राएलीहरूलाई जान दिएनन् ।

त्यसपछि, परमेश्‍वरले मिश्रीहरूका सबै गाईवस्तुहरूमा महामारी निम्त्याउनुभयो र तिनीहरू सबै मरे । तर फारोको हृदय कठोर भयो र उनले इस्राएलीहरूलाई जान दिएनन् ।

अनि परमेश्‍वरले मोशालाई फारोको अगाडि हावामा खरानी फाल्न भन्‍नुभयो । जब उनले त्यसो गरे, मिश्रीहरूका शरीरमा कष्टकर खटिराहरू देखा परे, तर इस्राएलीहरूलाई केही भएन । परमेश्‍वरले फारोको हृदय कठोर तुल्याइदिनुभयो, र फारोले इस्राएलीहरूलाई जान दिएनन् ।

यसो भइसकेपछि परमेश्‍वरले असिना वर्षाउनुभयो जसले मिश्रदेशका धेरैजसो अन्‍नबाली नष्ट पार्‍यो र बाहिर निस्कने जो कोही पनि मारिए । फारोले मोशा र हारूनलाई बोलाए र भने, “मैले पाप गरेको छु । तिमीहरू यहाँबाट जान सक्छौ ।” अनि मोशाले प्रार्थना गरे र आकाशबाट असिना पर्न बन्द भयो ।

तर फारोले फेरि पनि पाप गरे अनि आफ्नो हृदयलाई कठोर तुल्याए । उनले इस्राएलीहरूलाई स्वतन्‍त्र हुन दिएनन् ।

त्यसैले परमेश्‍वरले सलहहरूका हुललाई मिश्रदेशमा पठाई दिनुभयो । यी सलहहरूले असिनाद्वारा बचेका सबै बाली खाइदिए ।

अनि परमेश्‍वरले अन्धकारलाई पठाउनुभयो जुन तीन दिनसम्म रहिरह्यो । त्यो यति अन्धकार थियो कि मिश्रीहरू आफ्ना घर छाेडेर बाहिर निस्किन सक्दैन थिए । तर इस्राएलीहरू बसेको ठाउँमा चाहिँ उज्यालो थियो ।

यी नौ वटा विपत्तिहरू भइसकेतापनि फारोले अझैपनि इस्राएलीहरूलाई मिश्रदेशबाट जान दिएनन् । फारोले परमेश्‍वरको कुरा नसुनेको कारणले अब उहाँले एउटा अन्तिम विपत्ति ल्याउने योजना गर्नुभयो । यस विपत्तिले चाहिँ फारोको मन परिवर्तन गर्‍यो ।

관련정보

생명의 말씀 - GRN 은 성경에 기반한 구원과 그리스도인의 삶에 대한 수천개의 오디오 복음 메시지를 가지고 있습니다.

무료 다운로드 - 여기에서 다운로드 가능한 여러 언어로 된 주요 GRN 메시지 스크립트, 그림 및 기타 관련 자료를 찾을 수 있습니다.

GRN 오디오 도서관 - 전도와 기본 성경 가르침을 위한 자료는 mp3, CD, 카세트 테이프 형태로 사람들의 필요와 문화에 맞추어졌습니다. 녹음은 성경이야기, 전도 메시지, 말씀 읽기, 노래를 포함하여 다양한 스타일로 구성되었습니다.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?