unfoldingWord 01 - सृष्टि

개요: Genesis 1-2

스크립트 번호: 1201

언어: Nepali

주제: Creation

청중: General

장르: Bible Stories & Teac

세분화: General

목적: Evangelism; Teaching

성경 인용: Paraphrase

지위: Approved

이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.

스크립트 텍스트

परमेश्‍वरले सबै कुराको सुरुवात यसरी गर्नु भयो ।। परमेश्‍वरले सारा संसारमा र त्यसमा भएका सम्पूर्ण थोकहरू ६ दिनमा सृष्टि गर्नुभयो । परमेश्‍वरले पृथ्वीको सृष्टि गर्नुभयो र त्यो अन्धकार र शुन्य थियो, अनि उहाँले त्यसमा कुनै पनि थोकहरू सृष्टि गर्नु भएको थिएन। तर परमेश्‍वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहनुभएको थियो ।

तब परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्!" र त्यहाँ उज्यालो भयो । परमेश्‍वरले  देख्नुभयो कि उज्यालो असल थियो र त्यसलाई "दिन" भन्‍नु भयो । उहाँले दिनलाई अध्यारोबाट छुट्टयाउनु भयो र  अध्यारोलाई "रात" भन्‍नु भयो। परमेश्‍वरले सृष्टिको पहिलो दिन उज्यालो सृष्टि गर्नु भयो ।

सृष्टिको दोस्रो दिनमा, परमेश्‍वरले भन्‍नुभयो, "पानिमाथि एक क्षत्र होस्।" र त्यहाँ एक क्षत्र भयो। उहाँले पृथ्वीमाथि र पृथ्वीमुनि भएको पानीलाई अलग गर्नुभयो। उहाँले त्यसलाई "आकाश" भन्‍नुभयो ।

तेस्रो दिनमा, परमेश्‍वरले भन्‍नुभयो, "पानि एकै ठाउँमा सगैँ होस् र सुख्‍खा भुमि देखा परोस् ।" उहाँले सुख्खा भूमिलाई “पृथ्वी” भन्‍नुभयो, र पानीलाई “समुद्र” भन्‍नुभयो । आफूले सृष्टि गर्नुभएका सबै कुराहरू परमेश्‍वरले हेर्नुभयो र त्यो असल थियो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले हरेक प्रकारका वनस्पतिहरू उमारुन् ।” अनि त्यस्तै भयो । परमेश्‍वरले देख्‍नुभयो कि उहाँले बनाउनुभएका सबै थोकहरू असल थिए ।

सृष्टिको चौथो दिन, परमेश्‍वरले भन्‍नुभयो, "उज्यालो होस् ।" र सूर्य, चन्द्रमा र ताराहरू आकाश मण्डलमा बनिए । परमेश्‍वरले तिनीहरूलाई पृथ्वीलाई ज्योति दिन, अनि दिन र रात छुट्याउन, ऋतुहरू र वर्षहरू छुट्याउन को निम्ति बनाउनुभयो । अनि परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

पाचौँ दिन, परमेश्‍वरले भन्‍नुभयो, "पानी जिवित कुराहरुले र आकाश पंक्षीहरूले भरिउन्।" उहाँले यसरी, पानीमा पौडीने सबै थोकहरू अनि सबै किसिमका पंक्षीहरू  बनाउनुभयो । परमेश्‍वरले तिनीहरूलाई हेर्नुभयो र असल देख्‍नुभयो, अनि उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।

सृष्टिको छैठौँ दिनमा, परमेश्‍वरले भन्‍नुभयो, “त्यहाँ हरेक प्रकारका जमिनमा हिँड्ने जीवजन्तुहरू होऊन् ।” अनि परमेश्‍वरले भन्‍नुभए जस्तै भइहाल्यो । केही जनावरहरू घरपालुवा थिए, केही जमिनमा घस्रन्थे, अनि केही चाहिँ जङ्गली थिए । परमेश्‍वरले देख्‍नुभयो कि त्यो असल थियो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “हामी मानिसलाई हाम्रै स्वरूपमा हामी जस्तै हुनको निम्ति बनाऔँ । उनीहरूले समस्त पृथ्वीमा र पृथ्वीमा भएका जीवजन्तुहरूमाथि अधिकार गर्नेछन् ।”

त्यसैले परमेश्‍वरले भूमिबाट केही माटो लिनुभयो, र त्यसलाई मानिसको आकार दिनुभयो, अनि त्यसमा जीवनको स्‍वास् हालिदिनुभयो । यस मानिसको नाउँ आदम थियो । परमेश्‍वरले एउटा बगैँचा बनाउनुभयो जहाँ आदम रहन सक्थे । बगैँचाको हेरचाह गर्न परमेश्‍वरले उनलाई त्यहाँ राख्‍नुभयो ।

बगैँचाको बीच भागमा, परमेश्‍वरले दुईवटा विशेष रूखहरू रोप्‍नुभयो-जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख । परमेश्‍वरले आदमलाई भन्‍नुभयो कि सबै रूखका फलहरू निसंकोच मानेर खानु तर असल र खराबको ज्ञान दिने रूखको फल नखानू । यदि उसले त्यस रूखबाट फल खाएमा ऊ मर्ने थियो ।

अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिस एक्लो रहन असल छैन ।” तर त्यहाँ भएको कुनै पनि जनावर आदमको सहयोगी बन्‍न सकेनन् ।

त्यसैले परमेश्‍वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो । अनि परमेश्‍वरले आदमको करङहरू मध्येबाट एउटा करङ लिनुभयो र त्यसबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई आदमकहाँ ल्याउनुभयो ।

जब आदमले तिनलाई देखे, उनले भने, “अन्तत्, उनि म जस्तै छिन् ! उनलाई 'स्‍ त्री' भनिनेछ, किनकि उनि पुरुषबाट बनेकी  हुन।" यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ, र तिनिहरु एउटै शरिर हुन्छन्।

परमेश्‍वरले पुरुष र स्‍ त्री लाई आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “धेरै सन्तानहरू जन्माओ र पृथ्वीमा भरिदैजाऔँ ।” अनि परमेश्‍वरले आफूले बनाउनुभएका सबै थोकहरू असल देख्‍नुभयो, अनि यी सबैद्वारा उहाँ प्रसन्‍न हुनुभयो । यी सबै सृष्टिको छैठौँ दिन सम्म भएका थिए ।

जब सातौँ दिन आयो, परमेश्‍वरले आफ्ना सबै कामहरू सिध्याइसक्नु भएको थियो । त्यसैले आफ्ना सबै कामहरूबाट उहाँले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र पवित्र तुल्याउनुभयो, किनकि त्यस दिन उहाँले आफ्नो कामबाट विश्राम लिनुभयो । यसरी परमेश्‍वरले सारा संसार र त्यसमा भएका सबै कुराको सृष्टि गर्नुभयो ।

관련정보

생명의 말씀 - GRN 은 성경에 기반한 구원과 그리스도인의 삶에 대한 수천개의 오디오 복음 메시지를 가지고 있습니다.

무료 다운로드 - 여기에서 다운로드 가능한 여러 언어로 된 주요 GRN 메시지 스크립트, 그림 및 기타 관련 자료를 찾을 수 있습니다.

GRN 오디오 도서관 - 전도와 기본 성경 가르침을 위한 자료는 mp3, CD, 카세트 테이프 형태로 사람들의 필요와 문화에 맞추어졌습니다. 녹음은 성경이야기, 전도 메시지, 말씀 읽기, 노래를 포함하여 다양한 스타일로 구성되었습니다.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?