unfoldingWord 35 - दयालु बुबाको कथा

unfoldingWord 35 - दयालु बुबाको कथा

概要: Luke 15

文本編號: 1235

語言: Nepali

聽眾: General

類型/流派: Bible Stories & Teac

目的: Evangelism; Teaching

聖經摘錄: Paraphrase

狀態: Approved

腳本是翻譯和錄製成其他語言的基本指南,它們需要根據實際需要而進行調整以適合不同的文化和語言。某些使用術語和概念可能需要有更多的解釋,甚至要完全更換或省略。

文本文字

एकदिन, येशूले थुप्रै कर उठाउनेहरू र अरू पापी मानिसहरूलाई शिक्षा दिइराख्‍नुभएको थियो । तिनीहरू उहाँको कुरा सुन्‍न भेला भएका थिए ।

त्यहाँ उपस्थित केही धार्मिक अगुवाहरूले येशूले पापीहरूलाई पनि मित्रसरह व्यवहार गरिरहनुभएको देखे, अनि तिनीहरूले एक-अर्कासँग उहाँको आलोचना गर्न थाले । त्यसैले येशूले तिनीहरूलाई यो कथा भन्‍नुभयो ।

“एकजना मानिस थिए, जसका दुई छोराहरू थिए । कान्छो छोराले आफ्नो बुबालाई भन्यो, ‘बुबा, मलाई अहिल्यै मेरो पैतृक सम्पतिको हिस्सा चाहियो!' त्यसैले बुबाले आफ्‍नो सम्पति दुई छोरा बिच भाग लगाइदियो।"

“चाँडैँ नै कान्छो छोराले आफूसँग भएको सबै थोक जम्मा पार्‍यो र त्यहाँबाट टाढा गयो अनि आफ्नो सबै रुपैयाँ-पैसा जीवनको मोजमस्तीमा खेर फाल्यो ।”

“केही समयपछि, कान्छो छोरा भएको त्यस देशमा अनिकाल आइपर्‍यो, र खानेकुरा किन्‍नको लागि ऊसँग पैसा थिएन । त्यसैले उसले आफूले भेट्टाउन सक्ने एउटैमात्र काम गर्न लाग्यो, सुंगुरलाई चारा खुवाउने । उसको अवस्था यस्तो दयनीय र भोको थियो कि उसले सुंगुरको खानेकुराहरू खान्थ्यो ।”

“अन्त्यमा, त्यस कान्छो छोराले आफैँलाई भन्यो, ‘म यो के गरिरहेछु ? मेरा बुबाका सबै नोकरहरूसँग खानको निम्ति प्रशस्त छन्, यद्यपि मचाहिँ यहाँ भोकले मर्नै आँटेको छु । म मेरा बुबाकहाँ फर्किजानेछु र उहाँको एक नोकर बन्‍न पाऊँ भनी अनुरोध गर्नेछु ।’”

“तसर्थ, त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ जान लाग्यो । जसै त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ आउँदै थियो, उसका बुबाले उसलाई टाढैबाट देखे र उसको निम्ति दया देखाए । उनी आफ्नो छोरा भएतिर दौड्दैँ गए अनि उनलाई अंकमाल र चुम्बन गरे ।”

“त्यस छोराले भन्यो, ‘बुबा, मैले परमेश्‍वरको र तपाईंको विरुद्धमा पाप गरेको छु । म तपाईंको छोरा हुन योग्‍यको छैन ।’”

“तर उनका बुबाले आफ्ना नोकरहरूमध्ये एकजनालाई भने, ‘झट्टै जाऊ र सबैभन्दा असल कपडा लिएर आऊ अनि मेरो छोरालाई पहिराइदेऊ! उसको औलामा औठि र खुट्टामा जुत्ता लगाइदेओ। अनि मोटो पशु मार र उत्‍सव मनाऊ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले जिवित भएको छ, हराएको थियो र पाईएको छ!"

“त्यसैले मानिसहरूले उत्सव मनाउन शुरू गरे । केही समयपछि, जेठो छोरा खेतमा काम गरेर घर फर्किआयो । उसले नाच-गान भइरहेको सुन्यो अनि के भइरहेछ भनी अचम्म मान्यो ।”

“जब त्यस जेठो छोराले उसको भाइ फर्केर आएको कारणले उनीहरू उत्सव मनाइरहेछन् भन्‍ने थाह पायो, ऊ अति रिसायो र घरभित्र जान चाहेन । उसका बुबा बाहिर आए र उसलाई भित्र आएर सबैसँग उत्सव मनाउनको निम्ति आग्रह गर्‍यो, तर उसले त्यसो गर्न इन्कार गर्‍यो ।”

“जेठो छोराले आफ्नो बुबालाई भन्यो, ‘सबै वर्षहरु मैले विश्‍वासयोग्य भएर तपाईंको निम्ति काम गरेको छु! मैले कहिले पनि हजुरको आज्ञा उल्‍लङ्‍घन गरिनँ, र पनि मैले मेरा साथिहरुसँग आनन्‍द मनाउन, तपाईले मेरो निम्‍ति एउटा सानो पाठो पनि दिनुभएन।"

“बुबाले जवाफ दिए, ‘मेरो छोरा, तिमी त सधैँभरि मसँगै छौ, अनि मसँग भएका सबैथोक तिम्रै हो । तर हामीलाई उत्सव मनाउनु सही छ, किनकि तिम्रो भाइ मरेको थियो, तर अब जीवित भएको छ । ऊ हराएको थियो, तर अब भेट्टाइएको छ

相關信息

生命之道 - 環球錄音網擁有用數以千計的語言去錄製的福音信息,內容包括一些有關救恩和基督徒樣式的聖經信息。

免費下載 - 免費下載傳教及發展教會組織所用的錄音、圖片、文本和其他相關資料。內容包括聖經故事與傳教課程,并已被翻譯成上千種語言。

環球錄音網音頻圖書館 - 提供mp3,CD和磁帶形式的傳播福音和基本的宣教材料,適宜人們的需要和文化。錄音材料的形式多樣,包括簡單的聖經故事,福音信息,經文朗誦和歌曲。

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?