unfoldingWord 44 - पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे

unfoldingWord 44 - पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे

概要: Acts 3-4:22

文本编号: 1244

语言: Nepali

听众: General

类型/流派: Bible Stories & Teac

目的: Evangelism; Teaching

圣经摘录: Paraphrase

状态: Approved

脚本是翻译和录制成其他语言的基本指南,它们需要根据实际需要而进行调整以适合不同的文化和语言。某些使用术语和概念可能需要有更多的解释,甚至要完全更换或省略。

文本正文

एकदिन, पत्रुस र यूहन्‍ना मन्दिर जाँदैथिए । जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो पैसाको निम्ति भिख मागिरहेको थियो ।

पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन । तर मसित जे छ, म तिमीलाई दिनेछु । येशूको नाउँमा, उठ र हिँड

तुरुन्तै, परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्‍वरको प्रशंसा गर्न लाग्यो । मन्दिरको चोकमा भएका मानिसहरू यो देखेर अचम्मित भए ।

एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो । पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर तपाईंहरू किन अचम्भित हुनुहुन्छ ? हामीले उनलाई हाम्रो आफ्नै शक्ति वा भलाइद्वारा निको पारेका होइनौँ बरू, यो त येशूको शक्ति उहाँले दिनुहुने विश्‍वास हो, जसले यस मानिसलाई निको पार्‍यो ।”

“तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्‍नुभयो । जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर परमेश्‍वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । तपाईंहरूलाई आफू के गर्दैहुनुहुन्छ भनी थाहा नभए तापनि, परमेश्‍वरले अगमवाणीहरूलाई पूरा गर्न तपाईंका कार्यहरूलाई चलाउनुभयो, कि मसिहले कष्ट भोग्‍नुहुनेछ र मर्नुहुनेछ । त्यसैले अब, पश्‍चाताप गर्नुहोस् र परमेश्‍वरतर्फ फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू धोइऊन् ।”

पत्रुस र यूहन्‍नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए । त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र झ्यालखानामा हालिदिए । तर धेरै मानिसहरूले पत्रुसको सन्देशलाई विश्‍वास गरे, र येशूमा विश्‍वास गर्ने मानिसहरूको संख्या करिब ५,००० भयो ।

अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए । उनीहरूले पत्रुस र यूहन्‍नालाई सोधे, “कुन शक्तिद्वारा तिमीहरूले यस लङ्गडो मानिसलाई निको पार्‍यो ?”

पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो । तपाईंहरूले येशूलाई क्रूसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो। तिमिहरुले उहाँलाई अस्‍विकार गर्यौ तर येशुको शक्ति बाहेक अरु कसैले बचाउन सक्दैन।

पत्रुस र यूहन्‍नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्‍न सक्थे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए । तर पछि यी मानिसहरू येशूसँगै रहन्थे भनी तिनीहरूलाई याद भयो । पत्रुस र यूहन्‍नालाई चेतावनी दिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए ।

相关信息

人生箴言 - GRN提供几千种语言的福音音频信息,包含圣经信息,救赎和基督徒生活。

免费下载 - 免费下载传福音及发展教会所用的录音、图片、文本和其他相关资料。内容包括福音与圣经故事,并已被翻译成上千种语言。

环球录音网音频图书馆 - Mp3,CD和磁带格式的福音材料和圣经教学材料,满足人们不同文化的需求。录音材料的形式多样,包括简单的圣经故事,福音信息,经文朗诵和歌曲。

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons