unfoldingWord 34 - येशूले अरू कथाहरू सिकाउनुभयो

unfoldingWord 34 - येशूले अरू कथाहरू सिकाउनुभयो

概要: Matthew 13:31-46; Mark 4:26-34; Luke 13:18-21;18:9-14

文本編號: 1234

語言: Nepali

聽眾: General

類型/流派: Bible Stories & Teac

目的: Evangelism; Teaching

聖經摘錄: Paraphrase

狀態: Approved

腳本是翻譯和錄製成其他語言的基本指南,它們需要根據實際需要而進行調整以適合不同的文化和語言。某些使用術語和概念可能需要有更多的解釋,甚至要完全更換或省略。

文本文字

परमेश्‍वरको राज्यको विषयमा येशूले अरू थुप्रै कथाहरू भन्‍नुभयो । उदाहरणका लागि, उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्य एउटा रायोको बिउजस्तै हो, जुन कसैले आफ्नो खेतमा लगायो । तिमीहरूलाई थाहै छ, कि रायोको बिउ बिउहरूमा सबैभन्दा सानो हुन्छ ।”

“तर जब रायोको बिउ उम्रिन्छ, तब त्यो बगैँचाका विरुवाहरूमा सबैभन्दा ठूलो हुन्छ, यति ठूलो कि चराहरू पनि आएर त्यसका हाँगाहरूमा आराम गर्छन् ।”

येशूले अर्को कथा भन्‍नुभयो, “परमेश्‍वरको राज्य खमिरजस्तो हो जुन एउटी स्त्रीले रोटी बनाउने पीठोको डल्लासँग मिसाइन्, र त्यो खमीरले पीठोको सबै डल्लालाई खमिरी बनाइदियो ।”

“परमेश्‍वरको राज्य एक गाढधनजस्तो पनि हो, जुन कुनै मानिसले जमिनभित्र लुकाएर राखेको थियो । कुनै अर्को एकजना व्यक्तिले त्यस गाढधन भेट्टायो र फेरि त्यसलाई गाड्यो । अनि ऊ खुसीले यति प्रफुल्ल भयो, कि उसले गएर आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसाले त्यो खेत किन्यो ।”

“परमेश्‍वरको राज्य शुद्ध मूल्यवान मोतीजस्तो पनि हो । जब कुनै एक मोती व्यापारीले त्यसलाई भेट्टायो, उसले आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसा त्यस मोती किन्‍नमा खर्च गर्‍यो ।”

अनि येशूले केही मानिसहरूलाई एउटा कथा भन्‍नुभयो, जसले आफ्ना असल कामहरूमा भरोसा गर्दथे र अरू मानिसहरूलाई घृणा गर्दथे । उहाँले भन्‍नुभयो, “दुईजना मानिसहरू मन्दिरमा प्रार्थना गर्न गए । तीमध्ये एउटा कर उठाउने मानिस थियो, र अर्कोचाहिँ एकजना धार्मिक अगुवा थियो ।”

“त्यस धार्मिक अगुवाले यसो भन्दै प्रार्थना गर्‍यो, ‘धन्यवाद, परमेश्‍वर, म अरू मानिसहरू जस्तो पापी छैन (जस्तैः लुटेराहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू, अथवा अझ त्यो कर उठाउने मानिस जस्तो) ।’”

“म हरेक हप्ता दुईपटक उपवास बस्छु र मैले पाएको सबै पैसा र सबै थोकको दशौँ हिस्सा तपाईंलाई दिन्छु ।”

“तर त्यस कर उठाउने मानिसचाहिँ धार्मिक अगुवाभन्दा टाढै बस्यो, र स्वर्गतिर आफ्नो आँखा पनि उठाएन । बरू, उसले मुड्कीले आफ्नो छाती पिट्यो अनि प्रार्थना गर्‍यो, ‘परमेश्‍वर, कृपया ममाथि दया देखाउनुहोस् किनकि म एक पापी हुँ ।’”

त्यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, परमेश्‍वरले त्यस कर उठाउने व्यक्तिको प्रार्थना सुन्‍नुभयो र उसलाई धर्मी ठहराउनुभयो । तर उहाँलाई त्यस धार्मिक अगुवाको प्रार्थना मनपरेन । हरेक जसले आफूलाई उच्च ठान्दछ, परमेश्‍वरले त्यसलाई होच्याउनुहुनेछ, तर जसले आफूलाई होच्याउछ त्यसलाई उच्च पारिनेछ ।”

相關信息

生命之道 - 環球錄音網擁有用數以千計的語言去錄製的福音信息,內容包括一些有關救恩和基督徒樣式的聖經信息。

免費下載 - 免費下載傳教及發展教會組織所用的錄音、圖片、文本和其他相關資料。內容包括聖經故事與傳教課程,并已被翻譯成上千種語言。

環球錄音網音頻圖書館 - 提供mp3,CD和磁帶形式的傳播福音和基本的宣教材料,適宜人們的需要和文化。錄音材料的形式多樣,包括簡單的聖經故事,福音信息,經文朗誦和歌曲。

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons