unfoldingWord 23 - येशूको जन्म

unfoldingWord 23 - येशूको जन्म

概要: Matthew 1-2; Luke 2

文本编号: 1223

语言: Nepali

听众: General

类型/流派: Bible Stories & Teac

目的: Evangelism; Teaching

圣经摘录: Paraphrase

状态: Approved

脚本是翻译和录制成其他语言的基本指南,它们需要根据实际需要而进行调整以适合不同的文化和语言。某些使用术语和概念可能需要有更多的解释,甚至要完全更换或省略。

文本正文

योसेफ नाउँ भएका एकजना धर्मी मानिससँग मरियमको मगनी भएको थियो । जब मरियम गर्भवती भएको उनले थाहा पाए, उनको गर्वमा भएको बालक आफ्नो होइन भन्‍ने कुरा उनलाई थाहा थियो । योसेफ मरियमलाई शर्ममा पार्न चाहदैनथे, त्यसैले उनले गुप्त रूपमा मरियमलाई त्याग्‍ने योजना बनाए । तर उनले त्यसो गर्नुभन्दा अघि, उनको सपनामा एक स्वर्गदूत उनीकहाँ आए । ​

उनलाई स्वर्गदूतले भने, “योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ । किनभने उनीभित्र भएको बालक पवित्र-आत्माबाट आउनुभएको हो । उनीले एक छोरा जन्माउनेछिन् । उहाँको नाउँ येशू राख्‍नु (जसको अर्थ हो, ‘याहोवेले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापदेखि बचाउनुहुनेछ ।”

त्यसैले योसेफले मरियमसँग विवाह गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा आफ्नो घरमा लगे, तर बालकको जन्म नभएसम्म योसेफ मरियमसँग सुतेनन् ।

मरियमको बच्चा जन्माउने समय नजिक आएकेै बेला, रोमी सरकारले सबैजनालाई जनगणनाको निम्ति आफ्ना पुर्खाहरू बसेको शहरमा जाने आदेश जारी गर्‍यो । योसेफ र मरियमले उनीहरू बसेको ठाउँ नासरतदेखि बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्ने थियो, किनभने उनीहरूका पुर्खा दाऊदको शहर बेथलेहेम थियो ।

जब उनीहरू बेथलेहेममा आइपुगे, त्यहाँ बस्‍नको निम्ति कुनै ठाँउ थिएन । उनीहरूले भेट्टाउन सकेको एउटैमात्र ठाउँ गाईवस्तुहरूको गोठ थियो । बालक त्यहिँ जन्मियो र मरियमले उनलाई डुँडमा राखिन् , किनभने बालकलाई राख्‍न उनीहरूसँग कुनै ठाउँ थिएन । उनीहरूले बालकको नाउँ ‘येशू’ राखे ।

त्यस रात, नजिकैको खेतमा केही गोठालाहरू आफ्ना गोठको रखवाली गर्दै थिए । अचानक, चम्किरहेका एकजना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र यो देखेर तिनीहरू डराए । स्वर्गदूतले भने, “नडराओ, किनभने मसँग तिमीहरूका निम्ति केही खुशीका समाचारहरू छन् । तिमीहरूका मसिह बेथलेहेममा जन्मिनुभएको छ

“बालकलाई खोज्‍न जाओ, र तिमीहरूले उहाँलाई कपडामा बेरिएको र डुँडमा सुतिरहेको भेट्टउनेछौँ ।” अचानक, आकाशहरू परमेश्‍वरको प्रशंसा गरिरहेका स्वर्गदूहरूद्वारा यसो भन्दै भरियो “सर्वोच्चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति

केही छिनपछि, गोठालाहरू येशू जन्मिनु भएको ठाउँमा आइपुगे र स्वर्गदूतले भनेजस्तै उहाँलाई डुँडमा सुतिरहेको भेट्टाए । उनीहरू अति उत्साहित थिए । मरियम पनि धेरै खुशी थिइन् । गोठालाहरू, उनीहरूले देखे-सुनेका सबै कुराहरूको निम्ति परमेश्‍वरलाई प्रशंसा चढाउँदै आफ्ना भेडाहरू भएको खेतमा फर्के ।

केही समयपछि, टाढा पूर्वका ज्ञानी मानिसहरूले आकाशमा अनौठो तारा देखे । त्यसको अर्थ यहूदीहरूका एकजना नयाँ राजाको जन्म भएछ भनी उनीहरूले थाहा गरे । त्यसैले त्यस राजालाई हेर्नको निम्ति उनीहरूले लामो यात्रा गरे । उनीहरू बेथलेहेममा आए अनि येशू र उहाँका आमा-बुबा बसिरहनुभएको ठाउँ पत्ता लगाए ।

जब ती ज्ञानी मानिसहरूले येशूलाई उहाँकी आमासँग देखे, उनीहरूले घोप्टो परी दण्डवत गरे र उहाँको आराधना गरे । उनीहरूले येशूलाई बहुमूल्य उपहारहरू चढाए । त्यसपछि उनीहरू आ-आफ्ना घर फर्के ।

相关信息

人生箴言 - GRN提供几千种语言的福音音频信息,包含圣经信息,救赎和基督徒生活。

免费下载 - 免费下载传福音及发展教会所用的录音、图片、文本和其他相关资料。内容包括福音与圣经故事,并已被翻译成上千种语言。

环球录音网音频图书馆 - Mp3,CD和磁带格式的福音材料和圣经教学材料,满足人们不同文化的需求。录音材料的形式多样,包括简单的圣经故事,福音信息,经文朗诵和歌曲。

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons