unfoldingWord 40 - येशू क्रुसमा टाँगिनुभयो
![unfoldingWord 40 - येशू क्रुसमा टाँगिनुभयो](https://static.globalrecordings.net/300x200/z41_Mk_15_13.jpg)
เค้าโครง: Matthew 27:27-61; Mark 15:16-47; Luke 23:26-56; John 19:17-42
รหัสบทความ: 1240
ภาษา: Nepali
ผู้ฟัง: General
เป้าหมายของสื่อบันทึกเสียง: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
สถานะ: Approved
บทความเป็นแนวทางพื้นฐานสำหรับการแปลและบันทึกเสียงภาษาอื่นๆ ควรดัดแปลงตามความจำเป็นเพื่อให้เข้าใจและเหมาะสมกับวัฒนธรรมและภาษาแต่ละภาษา คำศัพท์และแนวคิดบางคำที่ใช้อาจต้องอธิบายเพิ่มเติม หรือแทนที่ หรือตัดออก
เนื้อหาบทความ
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_09.jpg)
येशूको गिल्ला गरेपछि, सिपाहीहरूले उहाँलाई क्रूसमा चढाउनको निम्ति त्यहाँबाट अन्तै लगे । तिनीहरूले उहाँलाई क्रूस बोक्न लगाए जसमाथि उहाँलाई टाँगिने थियो ।
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_11.jpg)
ती सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए र उहाँका हात र पाउलाई क्रूसमा राखी त्यसमाथि किला ठोकिदिए । तर येशूले भन्नुभयो, “पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस् , किनकि यिनीहरू के गर्दैछन्, सो जान्दैनन् ।” पिलातसले ती सिपाहीहरूलाई एउटा पाटीमा “यहूदीहरूका राजा” लेखे र त्यसलाई क्रूसमा येशूको शिरमाथि राख्ने हुकुम दिए ।
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_12.jpg)
सिपाहीहरूले येशूको वस्त्रमा चिठ्ठा हाले । तिनीहरूले यसो गर्दा त्यो अगमवाणी पूरा भयो, जसले भनेको थियो, “तिनीहरूले मेरा वस्त्रहरू आफैँमा बाँडे, र मेरो कपडाको निम्ति चिठ्ठा हाले ।”
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_13.jpg)
येशूलाई दुई लुटेराहरूको बीचमा क्रूसमा चढाइएको थियो । तीमध्ये एकजनाले येशूलाई गिल्ला गर्यो, तर अर्कोचाहिँले भन्यो, “के तिमीलाई परमेश्वरको कुनै डर छैन ? हामी दोषी छौँ, तर यी मानिस त निर्दोष छन् ।” अनि उसले येशूलाई भन्यो, “कृपया मलाई तपाईंको राज्यमा सम्झनुहोस् ।” येशूले जवाफ दिनुभयो, “आजै, तिमी मसँग स्वर्गमा हुनेछौ ।”
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_14.jpg)
यहूदी अगुवा र भीडमा भएका अरू मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँलाई भने, “यदि तिमी परमेश्वरका पुत्र हौँ भने, क्रूसबाट तल ओर्लिआऊ अनि आफैँलाई बचाऊ। अनि हामि तिमिलाई विश्वास गर्छौ।"
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_16.jpg)
अनि समस्त इलाकाभरि अन्धकार छायो, यद्यपि त्यो मध्यदिनको समय थियो । त्यो अन्धकार दिउसको मध्यान्ह सम्म रहिरह्यो र तिन घण्टासम्म अन्धकार भइरहयो ।
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_17.jpg)
त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, “अब सिद्धियो। हे पिता म मेरो आत्मा तपाईको हातमा सुम्पन्छु।" यति भनेर उहाँले आफ्नो शिर झुकाउनु भयो र आफ्नो प्राण त्यागिदिनुभयो। जब उहाँले आफ्नो प्राण त्याग्नु भयो, त्यहाँ भुकम्प आयो। अनि मन्दिरमा परमेश्वरको उपस्थितिबाट मानिसलाई अलग गर्ने पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो।
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_19.jpg)
उहाँको मृत्युद्वारा, येशूले मानिसहरूका निम्ति परमेश्वरकहाँ आउने बाटो खोलिदिनुभयो । जब येशूलाई पहरा दिइरहेको त्यस सिपाहीले यी सबै कुराहरू भएको देख्यो, उसले भन्यो, “निश्चय नै, यी मानिस निर्दोष थिए । उनी परमेश्वरका पुत्र थिए ।”
![](https://static.globalrecordings.net/300x200/z41_Mk_15_21.jpg)
अनि योसेफ र निकोदेमस, येशूलाई मसिह भनी विश्वास गरेका दुईजना यहूदी अगुवाहरूले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेरे र त्यसलाई चट्टानमा कोपेर बनाइएको चिहानभित्र राखे । त्यसपछि तिनीहरूले चिहानको मुख थुन्नलाई त्यसको अगाडि एउटा ठूलो ढुङ्गा गुडाएर राखिदिए ।