unfoldingWord 25 - शैतानद्वारा येशूको परीक्षा

unfoldingWord 25 - शैतानद्वारा येशूको परीक्षा

రూపురేఖలు: Matthew 4:1-11; Mark 1:12-13; Luke 4:1-13

స్క్రిప్ట్ సంఖ్య: 1225

భాష: Nepali

ప్రేక్షకులు: General

శైలి: Bible Stories & Teac

ప్రయోజనం: Evangelism; Teaching

బైబిల్ సూక్తి : Paraphrase

స్థితి: Approved

స్క్రిప్ట్‌లు ఇతర భాషల్లోకి అనువాదం మరియు రికార్డింగ్ కోసం ప్రాథమిక మార్గదర్శకాలు. ప్రతి విభిన్న సంస్కృతి మరియు భాషలకు అర్థమయ్యేలా మరియు సంబంధితంగా ఉండేలా వాటిని అవసరమైన విధంగా స్వీకరించాలి. ఉపయోగించిన కొన్ని నిబంధనలు మరియు భావనలకు మరింత వివరణ అవసరం కావచ్చు లేదా భర్తీ చేయబడవచ్చు లేదా పూర్తిగా విస్మరించబడవచ్చు.

స్క్రిప్ట్ టెక్స్ట్

येशूको बप्तिस्मा भएपछि, तुरुन्तै पवित्र आत्माले उहाँलाई उजाड स्थानतिर डोर्‍याउनुभयो, र त्यहाँ उहाँले चालीस दिन र चालीस रातसम्म उपवास बस्‍नुभयो । त्यसपछि शैतान येशूकहाँ आयो र उहाँलाई पापमा पार्नको निम्ति परीक्षा गर्‍यो ।

शैतानले यसो भन्दै येशूको परीक्षा गर्‍यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिणत गर्नुहोस् ताकि तपाईं त्यसलाई खान सक्नुहुन्छ।"

येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको वचनमा यसो लेखिएको छ, ’बाँच्‍नको निम्ति मानिसलाई केवल रोटीमात्र होइन, तर परमेश्‍वरको हरेक वचन चाहिन्छ

त्यसपछि शैतानले येशूलाई मन्दिरको सबैभन्दा अग्लो भागमा लग्यो र भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम्फाल्नुहोस्, किनकि लेखिएको छ, परमेश्‍वरले तपाईंको विषयमा आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि कही तपाईंले आफ्नो पाउ ढुङ्गामा बजार्नुहुनेछ कि भनी तिनीहरूले तपाईंलाई आफ्ना हातमा उठाउनेछन् ।”

तर येशूले शैतानलाई वचनहरूबाट जवाफ दिनुभयो । येशूले भन्‍नुभयो, “परमेश्‍वरको वचनमा, उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुभएको छ कि, ‘परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।’”

त्यसपछि शैतानले येशूलाई संसारका सारा राज्यहरू र त्यसका सारा महिमाहरू देखायो र भन्यो, “यदि तपाईंले घोप्टो परी मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु ।”

येशूले जवाफ दिनुभयो, “ए शैतान, तँ दुर होइजा! परमेश्‍वरको वचनमा यसो लेखिएको छ, 'तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत गर्नु र उहाँको मात्र सेवा गर्नु।'"

येशूले शैतानको परीक्षाहरूमा आफैँलाई सुम्पनुभएन, त्यसैले शैतानले उहाँलाई छोडेर गयो । अनि स्वर्गदूतहरू आए र येशूको स्याहार गरे ।

సంబంధించిన సమాచారం

Free downloads - Here you can find all the main GRN message scripts in several languages, plus pictures and other related materials, available for download.

The GRN Audio Library - Evangelistic and basic Bible teaching material appropriate to the people's need and culture in a variety of styles and formats.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?