unfoldingWord 42 - येशू स्वर्ग फर्कनुभयो

unfoldingWord 42 - येशू स्वर्ग फर्कनुभयो

சுருக்கமான வருணனை: Matthew 28:16-20; Mark 16:12-20; Luke 24:13-53; John 20:19-23; Acts 1:1-11

உரையின் எண்: 1242

மொழி: Nepali

சபையினர்: General

செயல்நோக்கம்: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

நிலை: Approved

இந்த விரிவுரைக்குறிப்பு பிறமொழிகளின் மொழிபெயர்ப்பிற்கும் மற்றும் பதிவு செய்வதற்கும் அடிப்படை வழிகாட்டி ஆகும். பல்வேறு கலாச்சாரங்களுக்கும் மொழிகளுக்கும் பொருத்தமானதாக ஒவ்வொரு பகுதியும் ஏற்ற விதத்தில் இது பயன்படுத்தப்படவேண்டும்.சில விதிமுறைகளுக்கும் கோட்பாடுகளுக்கும் ஒரு விரிவான விளக்கம் தேவைப்படலாம் அல்லது வேறுபட்ட கலாச்சாரங்களில் இவை தவிர்க்கப்படலாம்.

உரையின் எழுத்து வடிவம்

येशू मृतकबाट बौरी उठाइनुभएको दिनमा, उहाँका दुईजना चेलाहरू नजिकैको गाउँतिर जादैँ थिए । उनीहरू हिँड्दै गर्दा, उनीहरूले येशूलाई के भएको थियो भन्‍ने विषयमा कुरा गरे । उनीहरूले आशा गरेका थिए कि उहाँ मसिह हुनुहुन्थ्यो, तर उहाँ मारिनुभयो । अब स्त्रीहरूले भने कि उहाँ फेरी जीवित हुनुहुन्छ । उनीहरूलाई केमाथि विश्‍वास गर्ने सो थाहा थिएन ।

येशू उनीहरूकहाँ पुग्‍नुभयो र उनीहरूसँगै हिँड्न थाल्नुभयो, तर उनीहरूले उहाँलाई चिनेनन् । उहाँले तिनीहरूलाई केको बारेमा कुरा गरिरहेको भनी सोध्‍नुभयो, अनि उनीहरूले उहाँलाई बिगतका केही दिनहरूमा येशूको सम्बन्धमा भएका सबै उल्लेख्‍नीय कुराहरू बताए । उनीहरूले सोचेका थिए कि उनीहरू एक परदेशीसँग कुरा गरिरहेका थिए, जसलाई यरुशलेममा के भएको थियो सो थाहा थिएन ।

त्यसपछि येशूले उनीहरूलाई परमेश्‍वरको वचनले मसिहको बारेमा के भनेको छ भनी व्याख्या गरिदिनुभयो । उहाँले तिनीहरूलाई स्मरण गराउनुभयो कि अगमवक्ताहरूले भनेका थिएः मसिहले कष्ट भोग्‍नेछ र मारिनेछ तर तेस्रो दिनमा फेरि बौरी उठ्नेछ । जब उनीहरू त्यस गाँउमा आइपुगे जहाँ ती दुई व्यक्तिहरूले बस्‍ने योजना बनाएका थिए, त्यतिखेर करिब साँझ परिसकेको थियो ।

ती दुई व्यक्तिहरूले येशूलाई उनीहरूसँगै बस्‍ने निम्तो दिए, त्यसैले उहाँ तिनीहरूसँग बस्‍नुभयो । जब उनीहरू साँझको खाना खान तयार भए, येशूले रोटीको एक टुक्रा लिनुभयो, परमेश्‍वरलाई त्यसको निम्ति धन्यवाद दिनुभयो, र त्यो भाँच्‍नु भयो । अचानक, उनीहरूले उहाँ येशू हुनुहुन्थ्यो भनी चिने । तर त्यही घडी, उहाँ तिनीहरूको नजरबाट अलप हुनुभयो ।

ती दुई व्यक्तिहरूले एक-अर्कालाई भने, “उहाँ त येशू हुनुहुन्थ्यो। यसैले हामि धेरै उत्‍साहित थियौ जब उहाँले हामिलाई परमेश्‍वरको वचन बताउनु भयो। अनि तुरुन्‍तै तिनिहरु त्यहाँबाट उठे र यरुशमेन फर्किए। जब तिनिहरु त्‍यहाँ पुगे, तिनिहरुले चेलाहरुलाई भने, "येशु जिवित हुनुहुन्‍छ। हामिले उहाँलाई देख्‍यौ।"

जब चेलाहरू कुरा गरिरहेका थिए, अचानक येशू त्यस कोठामा उनीहरूकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति।" चेलाहरुले सोचे कि उहाँ भुत हुनुहुन्‍छ तर येशुले भन्‍नुभयो, "तिमिहरु किन डराउँछौ? तिमिहरु किन यो सोच्‍दैनौ कि यो साच्‍चै म, येशु नै हु?" मेरो छेडिएको हात अनि खुट्टा हेर। भुत को मेरो जस्‍तै शरिर हुदैन।" उहाँ भुत होइन भनेर देखाउनको लागि उहाँले कहि खानको लागि सोध्‍नुभयो। उनिहरुले उहाँलाई खानकोलागि माछाको एक टुक्रा दिए र उहाँले त्‍यो खानु भयो।

येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई भनेको थिएँ कि मेरो बारेमा परमेश्‍वरको वचनमा लेखिएका सबै कुरा पूरा हुनैपर्‍थ्‍यो ।” अनि उहाँले तिनीहरूका समझ खोलिदिनुभयो ताकि तिनीहरूले परमेश्‍वरको वचन बुझ्‍न सकून् । उहाँले भन्‍नुभयो, “यो त धेरै पहिल्यै लेखिएको थियो कि मसिहले कष्ट भोग्‍नेछ, मर्नेछ अनि तेस्रो दिनमा मृतकबाट बौरी उठ्नेछ ।”

“धर्मशास्‍त्रमा यसो पनि लेखिएको थियो कि मेरा चेलाहरूले घोषणा गर्नेछन् कि सबैजनाले आफ्ना पाप-क्षमा पाउनको निम्ति पश्‍चाताप गर्नुपर्छ । उनीहरूले यो कुरा यरुशलेमबाट शुरू गर्नेछन्, अनि त्यसपछि सारा मानिस जातिकहाँ जानेछन् । तिमीहरू यी कुराहरूका साक्षी हुनेछौ ।”

अनि चालीस दिनसम्म, येशू उहाँका चेलाहरूकहाँ धेरैपटक देखा पर्नुभयो । एकपटक, उहाँ ५०० जनाभन्दा बढी मानिसहरूकहाँ समेत् एकैचोटि देखा पर्नुभयो । उहाँले आफ्ना चेलाहरूलाई धेरै प्रकारले आफू जीवित हुनुहुन्छ भन्‍ने प्रमाणित गर्नुभयो, अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको बारेमा सिकाउनुभयो ।

येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा भएका सारा अधिकार मलाई दिइएको छ । त्यसैले जाओ, सबै जातिका मानिसहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिएर चेला बनाओ र उनीहरूलाई मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न सिकाओ । याद राख, म सधैँ तिमीहरूसँग हुनेछु ।”

येशू मृत्युबाट बौरीउठ्नुभएको चालीस दिनपछि, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मेरा पिताले तिमीहरूलाई शक्ति दिनुभएपछि जब पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ, त्यतिन्जेलसम्म तिमीहरू यरूशलेममै बस ।” अनि येशू माथि स्वर्गमा जानुभयो, र बादलले उहाँलाई तिनीहरूको नजरबाट ढाक्यो । येशू सबैकुराहरू माथि राज्य गर्न परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ ।

தொடர்புடைய தகவல்கள்

ஜீவனுள்ள வார்த்தைகள் - இரட்சிப்பை பற்றியும் கிறிஸ்தவ ஜீவியத்தை பற்றியும் GRN ஆயிரக்கணக்கான மொழிகளில் வேதாகம செய்திகளை ஆடியோவில் சுவிஷேச செய்திகளாக கொண்டுள்ளது.

இலவச பதிவிறக்கங்கள் - இங்கே நீங்கள் GRN இன் முதன்மையான செய்தி உரைகளை பற்பலமொழிகளில், படங்கள் இன்னும் தொடர்புடைய உபகரணங்களையும் பதிவிறக்கம் செய்ய கிடைக்கிறது.

GRN இன் ஆடியோ நூலகம் - சுவிஷேஷத்திற்கும் வேதாகம அடிப்படை போதனைகளுக்கும் தேவையான உபகரணப் பொருட்கள் மக்களின் தேவைக்கும் கலாச்சாரத்திற்கும் பாணிகளுக்கும் ஏற்ற விதத்தில் பல்வேறு வடிவமைப்புகளில் அமைந்துள்ளது.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons