unfoldingWord 38 - येशूलाई धोखा

unfoldingWord 38 - येशूलाई धोखा

சுருக்கமான வருணனை: Matthew 26:14-56; Mark 14:10-50; Luke 22:1-53; John 18:1-11

உரையின் எண்: 1238

மொழி: Nepali

சபையினர்: General

செயல்நோக்கம்: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

நிலை: Approved

இந்த விரிவுரைக்குறிப்பு பிறமொழிகளின் மொழிபெயர்ப்பிற்கும் மற்றும் பதிவு செய்வதற்கும் அடிப்படை வழிகாட்டி ஆகும். பல்வேறு கலாச்சாரங்களுக்கும் மொழிகளுக்கும் பொருத்தமானதாக ஒவ்வொரு பகுதியும் ஏற்ற விதத்தில் இது பயன்படுத்தப்படவேண்டும்.சில விதிமுறைகளுக்கும் கோட்பாடுகளுக்கும் ஒரு விரிவான விளக்கம் தேவைப்படலாம் அல்லது வேறுபட்ட கலாச்சாரங்களில் இவை தவிர்க்கப்படலாம்.

உரையின் எழுத்து வடிவம்

हरेक वर्ष, यहूदीहरूले निस्तार चाड मनाउने गर्दथे । यो एक उत्सव थियो जुन कैयौँ शताब्दीअघि कसरी परमेश्‍वरले उनीहरूका पुर्खाहरूलाई मिश्रदेशको दासत्वबाट बचाउनुभएको थियो भन्‍ने सम्झनामा मनाइने गरिन्थ्यो । येशूले पहिलो पटक खुलारूपमा प्रचार र शिक्षा दिन थाल्नुभएको करिब तीन वर्षपछि, उहाँले आफ्ना चेलाहरूलाई उनीहरूसँग येरूशलेममा निस्तार चाड मनाउन चाहनुभएको कुरा भन्‍नुभयो, अनि यो पनि भन्‍नुभयो कि उहाँ त्यहाँ मारिनुहुनेथियो ।

येशूका चेलाहरूमध्ये यहूदा नाउँ गरेका एकजना मानिस थिए । यहूदा चेलाहरूका पैसाको थैलीको जिम्मेवाल थिए, तर उनी पैसालाई प्रेम गर्दथे र अक्सर थैलीबाट पैसा चोर्ने गर्दथे । येशू र चेलाहरू येरूशलेममा आइपुग्‍नुभएपछि, यहूदा यहूदी अगुवाहरूकहाँ गए र पैसा लिएर येशूलाई धोका दिने प्रस्ताव राखे । यहूदी अगुवाहरूले येशू मसिह हुनुहुन्छ भनी अस्वीकार गर्थे र उहाँलाई मार्ने षडयन्त्र रचिरहेका थिए भन्‍ने कुरा उसलाई थाहा थियो ।

प्रधान पूजाहारीको नेतृत्वमा, यहूदी अगुवाहरूले येशूलाई विश्‍वासघात गर्नको निम्ति यहूदालाई तीस वटा चाँदीका सिक्काहरू दिए । अगमवक्ताहरूले भविष्यवाणी गरेजस्तै गरी यो कुरा हुनआयो । यहूदाले यस कुरामा मञ्जुर गरे, पैसा लिए, र त्यहाँबाट गए अनि येशूलाई पक्रन सहायता गर्नको निम्ति मौकाहरू खोज्‍न थाले ।

येरूशलेममा, येशूले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनुभयो । निस्तार चाडको भोजको समयमा, येशूले केही रोटीहरू लिनुभयो र त्यसलाई भाँच्‍नुभयो । उहाँले भन्‍नुभयो, “यो लेओ र खाओ । यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । यो मेरो सम्झनामा गर्ने गर ।” यसप्रकारले, येशूले भन्‍नुभयो, कि उहाँको शरीर उनीहरूका निम्ति बलिदान हुनेछ ।

अनि येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो पिओ । यो नयाँ करारको मेरो रगत हो, जुन पाप क्षमाको निम्ति बहेको छ । तिमीहरूले हरेकपटक यो पिउँदा मेरो सम्झनामा गर्ने गर ।”

त्यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये एकजनाले मलाई धोखा दिनेछौ ।” चेलाहरू छक्क परे, र कसले त्यस प्रकारको काम गर्छ भनी सोधे । येशूले भन्‍नुभयो, “जसलाई म रोटीको यस टुक्रा दिन्छु, त्यो नै विश्‍वासघाती हो ।” अनि येशूले त्यस रोटीको टुक्रा यहूदालाई दिनुभयो ।

यहूदाले रोटी लिएपछि, शैतान ऊभित्र पस्यो । यहूदा त्यहाँबाट निस्केर येशूलाई पक्राउन सहायता गर्नको निम्ति यहूदी अगुवाहरूकहाँ गए । त्यो रातको समय थियो ।

भोजनपछि, येशू र उहाँका चेलाहरू हिँड्दै जैतून डाँडामा जानुभयो । येशूले भन्‍नुभयो, “तिमीहरूले आज राती मलाई त्याग्‍नेछौ । जसो लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र सबै भेडाहरू तितर-वितर हुनेछन् ।’”

पत्रुसले जवाफ दिए, “अरु सबैले तपाईंलाई त्यागेता पनि, म त्याग्‍नेछैन!" तब येशुले पत्रुसलाई भन्‍नुभयो, "दियावलसले तिमिलाई बहकाउन चाहन्छ, तर मैले, पत्रुस, तिम्रो विश्‍वास नडगमगाओस भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु ।" तरै पनि आज राति, भाले बास्‍न अगि, तिमिले मलाई ३ पल्ट चिन्दिन भनेर इन्कार गर्नेछौ ।

अनि पत्रुसले येशूलाई भने, “म मर्नुपरेतापनि, म कहिल्यै तपाईंलाई इन्कार गर्नेछैन!" अरु सबै चेलाहरुले पनि त्‍यसै भने।

अनि येशू उहाँका चेलाहरूसँग गेतसमनी भनिने ठाउँमा जानुभयो । येशूले उहाँका चेलाहरूलाई परीक्षामा नपरून् भनी प्रार्थना गर्न भन्‍नुभयो । अनि येशू आफैँ प्रार्थना गर्न जानुभयो ।।

येशूले तीन पटक प्रार्थना गर्नुभयो, “हे पिता, सम्भव छ भने, कृपया मलाई यस कचौराको कष्ट पिउन नपरोस् । तर मानिसहरूका पाप-क्षमाको निम्ति त्यहाँ अरू कुनै बाटो छैन भने, तपाईंको इच्छा पूरा भएको होस् ।” येशू धेरै विचलित हुनुहुन्थ्यो र उहाँका पसिना रगतका थोपाझैँ थिए । परमेश्‍वरले स्वर्गदूतलाई उहाँकहाँ शक्ति दिनलाई पठाइदिनुभयो ।

प्रार्थनाको समयपछि, येशू उहाँका चेलाहरूकहाँ फर्किआउनुभयो, तर उनीहरू निदाइरहेका थिए । जब उहाँ तेस्रोपटक फर्कनुभयो, येशूले भन्‍नुभयो, “उठ! मलाई धोका दिने यहि छ।"

यहूदी अगुवाहरू, सैनिकहरू र तरवार र लाठो बोकिरहेका ठूलो भीडको साथमा यहूदा आए । उनी येशूकहाँ आएर भने, “प्रणाम, गुरूज्यू,” अनि उहाँलाई चुम्बन गरे । यो यहूदी अगुवाहरूलाई उनीहरूले कसलाई पक्रनुपर्ने हो भनी ठम्याउनको निम्ति संकेत थियो । अनि येशूले भन्‍नुभयो, “यहूदा, के चुम्बनले तिमी मलाई धोखा दिन्छौ ?”

जब सेनाहरूले येशूलाई पक्रे, पत्रुसले तरवार निकाले र प्रधान-पूजाहारीको एकजना नोकरको कान काटिदिए । येशूले भन्‍नुभयो, “तरवार परै राख! म आफ्‍ना पितालाई स्‍वर्गदुतका पल्‍टन मेरो निम्‍ति पठाइदिन बिन्‍ति गर्न सक्छु, र उहाँले तुरुन्‍तै गर्नु हुनेछ तर मेले मेरो पिताको आज्ञा पालन गर्न पर्छ।" येशुले त्यो मानिसको कान निको पार्नुभयो। तब सबै चेलाहरु भागे।

தொடர்புடைய தகவல்கள்

ஜீவனுள்ள வார்த்தைகள் - இரட்சிப்பை பற்றியும் கிறிஸ்தவ ஜீவியத்தை பற்றியும் GRN ஆயிரக்கணக்கான மொழிகளில் வேதாகம செய்திகளை ஆடியோவில் சுவிஷேச செய்திகளாக கொண்டுள்ளது.

இலவச பதிவிறக்கங்கள் - இங்கே நீங்கள் GRN இன் முதன்மையான செய்தி உரைகளை பற்பலமொழிகளில், படங்கள் இன்னும் தொடர்புடைய உபகரணங்களையும் பதிவிறக்கம் செய்ய கிடைக்கிறது.

GRN இன் ஆடியோ நூலகம் - சுவிஷேஷத்திற்கும் வேதாகம அடிப்படை போதனைகளுக்கும் தேவையான உபகரணப் பொருட்கள் மக்களின் தேவைக்கும் கலாச்சாரத்திற்கும் பாணிகளுக்கும் ஏற்ற விதத்தில் பல்வேறு வடிவமைப்புகளில் அமைந்துள்ளது.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons