unfoldingWord 02 - संसारमा पापको प्रवेश

unfoldingWord 02 - संसारमा पापको प्रवेश

சுருக்கமான வருணனை: Genesis 3

உரையின் எண்: 1202

மொழி: Nepali

கருப்பொருள்: Sin and Satan (Sin, disobedience, Punishment for guilt)

சபையினர்: General

பகுப்பு: Bible Stories & Teac

செயல்நோக்கம்: Evangelism; Teaching

வேதாகம மேற்கோள்: Paraphrase

நிலை: Approved

இந்த விரிவுரைக்குறிப்பு பிறமொழிகளின் மொழிபெயர்ப்பிற்கும் மற்றும் பதிவு செய்வதற்கும் அடிப்படை வழிகாட்டி ஆகும். பல்வேறு கலாச்சாரங்களுக்கும் மொழிகளுக்கும் பொருத்தமானதாக ஒவ்வொரு பகுதியும் ஏற்ற விதத்தில் இது பயன்படுத்தப்படவேண்டும்.சில விதிமுறைகளுக்கும் கோட்பாடுகளுக்கும் ஒரு விரிவான விளக்கம் தேவைப்படலாம் அல்லது வேறுபட்ட கலாச்சாரங்களில் இவை தவிர்க்கப்படலாம்.

உரையின் எழுத்து வடிவம்

परमेश्‍वरले उनिहरूकै लागि बनाउनुभएको सुन्दर बगैँचामा आदम र हव्वा धेरै खुशीका साथ बसिरहेका थिए । दुवैजना कुनै वस्‍त्रबिना नै बस्‍थे, तापनि यस कुरामा उनीहरूलाई कुनै लाज थिएन, किनकि संसारमा कुनै पाप थिएन । उनीहरू प्राय बगैँचामा डुल्ने र परमेश्‍वरसँग कुराकानी गर्दथे ।

तर त्यस बगैंचामा एउटा धूर्त सर्प थियो । उसले स्त्रीलाई सोध्यो, “के साँच्चै परमेश्‍वरले तिमीलाई यहाँ भएका मध्ये कुनै पनि रूखको फल नखानु भन्‍नुभएको छ ?”

स्त्रीले जवाफ दिइन्, “परमेश्‍वरले हामीलाई असल र खराबको ज्ञान छुट्याउने रूखको फल बाहेक अरू कुनैपनि रूखको फल खान हुन्छ भन्‍नुभएको छ । परमेश्‍वरले हामीलाई भन्‍नुभएको छ, यदि तिमीले त्यस रूखको फल खाएमा अथवा छोए मात्रै पनि तिमी मर्नेछौ ।”

त्यस सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन! तिमि मर्ने छैनौ। किनकि परमेश्‍वर यो जान्‍नु हुन्छ कि जब तिमि यो फल खान्छौ, तिमि परमेश्‍वर जस्तै हुनेछौ र उहाँ जस्तै असल र खराब  थाहाँ गर्नेछौ ।"

स्त्रीले त्यो फल हेर्नमा सुन्दर र स्वादिलो देखिन् । उनी पनि बुद्धिमान् हुन चाहना गरिन्, त्यसैले उनले बगैंचाबाट केही फलहरू टिपिन् र खाइन् । उनले केही फल आफ्नो पतिलाई पनि दिइन्, जो उनीसँगै थिए, र उसले पनि त्यो फल खाए ।

अचानक, उनीहरूका आँखाहरू खोलिए, अनि आफूहरू नाङ्गो भएको उनीहरूले चाल पाए । उनीहरूले पातहरूलाई बुनेर वस्‍त्र बनाई आफ्ना शरीरलाई ढाक्न खोजे ।

तब मानिस र उनकी पत्‍नीले परमेश्‍वर बगैँचाबाट भएर हिँड्दै गर्नुभएको आवाज सुने । उनीहरू दुवैजना परमेश्‍वरबाट लुके । अनि परमेश्‍वरले मानिसलाई बोलाएर भन्‍नुभयो, “तँ कहाँ छस् ?” आदमले जवाफ दिए, “मैले तपाईं बगैंचामा हिँड्दै गर्नुभएको सुनेँ, अनि म डराएँ, किनकि म नाङ्गो थिएँ । त्यसैले म लुकेँ ।”

अनि परमेश्‍वरले सोध्‍नुभयो, “त नाङ्गो छस् भनेर तँलाई कसले भन्यो ? के मैले नखानु भनेको फल तैँले खाइस् ?” मानिसले जवाफ दियो, “तपाईंले दिनुभएको स्त्रीले मलाई यो फल दिइन् ।” अनि परमेश्‍वरले स्त्रीलाई सोध्‍नु भयो , “तैँले यो के गरिस् ?” स्त्रीले जवाफ दिइन, “त्यो सर्पले मलाई झुक्यायो ।”​

परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँ श्रापित भएको छस् ! पेट द्वारा तँ हिड्ने छस् र माटो खानेछस्। तैले स्त्रीलाई र स्त्रीले तलाई घ्रिणा गर्नेछ, र तेरा सन्तानले स्त्रीका सन्तानलाई र स्त्रीका सन्तानले तेरा सन्तानलाई घ्रिणा गर्नेछन् । स्त्रीको सन्‍तानले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैले त्यसको कुर्कुच्‍चो डस्‍नेछस्।

त्यसपछि परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो सुत्केरी वेदना धेरै बढाइदिनेछु । तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँमाथि अधिकार गर्नेछ ।”

परमेश्‍वरले मानिसलाई भन्‍नुभयो, “तैँले आफ्नी श्रीमतीको कुरा सुनेर मेरो आज्ञा नमानेको हुनाले यो भूमि तेरो कारणले श्रापित भएको छ । खानको निम्ति तैँले कडा परिश्रम गर्नुपर्नेछ । त्यसपछि तँ मर्नेछस् , र तेरो शरीर माटोमै मिल्नेछ ।” मानिसले आफ्नी श्रीमतीको नाउँ हव्वा राखे, जसको अर्थ हो “जीवन दिने”, किनकि तिनी सबै जातिका मानिसहरूका आमा कहलाइन् । अनि परमेश्‍वरले आदम र हव्वालाई पशुको छालाको लुगा बनाई लगाइदिनुभयो ।

अनि परमेश्‍वरले भन्‍नुभयो, “अब मानिसहरू पनि हामीजस्तै असल र खराब जान्‍ने भएका छन्”, त्यसैले तिनीहरूले अब जीवनको रूखको फल खाएर तिनीहरू सधैँभरि जीवित रहन नपाऊन् भनि परमेश्‍वरले आदम र हव्वालाई त्यस सुन्दर बगैँचाबाट निकालिदिनुभयो । परमेश्‍वरले जीवनको रूखको निगरानी गर्नको लागि शक्तिशाली स्वर्गदूतहरूलाई बगैँचाको मूलढोकामा पहरेदारको रूपमा खटाउनुभयो ।

தொடர்புடைய தகவல்கள்

ஜீவனுள்ள வார்த்தைகள் - இரட்சிப்பை பற்றியும் கிறிஸ்தவ ஜீவியத்தை பற்றியும் GRN ஆயிரக்கணக்கான மொழிகளில் வேதாகம செய்திகளை ஆடியோவில் சுவிஷேச செய்திகளாக கொண்டுள்ளது.

இலவச பதிவிறக்கங்கள் - இங்கே நீங்கள் GRN இன் முதன்மையான செய்தி உரைகளை பற்பலமொழிகளில், படங்கள் இன்னும் தொடர்புடைய உபகரணங்களையும் பதிவிறக்கம் செய்ய கிடைக்கிறது.

GRN இன் ஆடியோ நூலகம் - சுவிஷேஷத்திற்கும் வேதாகம அடிப்படை போதனைகளுக்கும் தேவையான உபகரணப் பொருட்கள் மக்களின் தேவைக்கும் கலாச்சாரத்திற்கும் பாணிகளுக்கும் ஏற்ற விதத்தில் பல்வேறு வடிவமைப்புகளில் அமைந்துள்ளது.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?