භාෂාවක් තෝරන්න

mic

බෙදාගන්න

සබැඳිය බෙදාගන්න

QR code for https://globalrecordings.net/script/ne/1228

unfoldingWord 28 - धनी जवान शासक

unfoldingWord 28 - धनी जवान शासक

දළ සටහන: Matthew 19:16-30; Mark 10:17-31; Luke 18:18-30

ස්ක්‍රිප්ට් අංකය: 1228

භාෂාව: Nepali

ප්‍රේක්ෂකයින්: General

අරමුණ: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

තත්ත්වය: Approved

ස්ක්‍රිප්ට් යනු වෙනත් භාෂාවලට පරිවර්තනය කිරීම සහ පටිගත කිරීම සඳහා මූලික මාර්ගෝපදේශ වේ. ඒවා එක් එක් විවිධ සංස්කෘතීන්ට සහ භාෂාවන්ට තේරුම් ගත හැකි සහ අදාළ වන පරිදි අවශ්‍ය පරිදි අනුගත විය යුතුය. භාවිතා කරන සමහර නියමයන් සහ සංකල්ප සඳහා වැඩි පැහැදිලි කිරීමක් නැතහොත් ප්‍රතිස්ථාපනය කිරීම හෝ සම්පූර්ණයෙන්ම ඉවත් කිරීම අවශ්‍ය විය හැකිය, .

ස්ක්‍රිප්ට් පෙළ

एकदिन, एकजना धनी जवान शासक येशूकहाँ आए र सोधे, “असल गुरू, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?” येशूले उसलाई भन्‍नुभयो, “किन तिमी मलाई ‘असल’ भन्दछौ ? एकजना मात्रै असल हुनुहुन्छ जो हुनुहुन्छ, अनि उहाँचाहिँ परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमी अनन्त जीवन चाहन्छौ भने, परमेश्‍वरका आज्ञाहरू पालन गर ।”

“तीमध्ये कुन-कुन चाहिँ मैले पालन गर्नुपर्छ?” उसले सोध्यो । येशूले भन्‍नुभयो, “हत्या नगर्नू । व्यभिचार नगर्नू । नचोर्नू । झूटो नबोल्नू । आफ्नो आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई तिमीले आफैँलाई झैँ प्रेम गर्नू ।”

तर त्यस जवान मानिसले आफैलाई ठिक प्रमाणित गर्नको निम्ति भन्यो, “मैले यी सबै आज्ञाहरू म सानो केटो छँदादेखि नै गर्दैआएको छु । मैले अझै के गर्नुपर्छ ताकि म सदाको निम्ति जिऊन सकूँ ?” येशूले त्यस मानिसलाई हेर्नुभयो र टिठाउनुभयो ।

येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ र तिमीसँग भएका सबै थोक बेच अनि त्यसबाट आएको पैसा गरीबहरूलाई देऊ, र स्वर्गमा तिमीले धन पाउनेछौ । त्यसपछि आऊ र मेरो पछि लाग ।”

जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुने, उनी धेरै दुःखित भए, किनकि उनी ज्यादै धनी थिए अनि आफूले अधिकार जमाएको सारा थोक दिन चाहँदैन थिए । उनी त्यहाँबाट फर्के र गए ।

अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा छिर्न धेरै कठिन छ! बरु धनि मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु भन्‍दा ऊँटलाई सियोको नाथ्रिबाट छिर्न सजिलो हुन्छ‍।"

जब चेलाहरूले येशूले भन्‍नुभएको कुरा सुने, उनीहरू छक्क परे अनि भने, “उसोभए कसले चाहिँ मुक्ति पाउन सक्छ त ?”

येशूले ती चेलाहरूतिर हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्‍वरका निम्ति, सबै कुरा सम्भव छन् ।”

पत्रुसले येशूलाई भने, “हामीले सबै कुराहरू छाेडी तपाईंलाई पछ्याएका छौँ । हाम्रो निम्ति इनाम के हुनेछ ?”

येशूले जवाफ दिनुभयो, “जसले मेरो नाउँको खातिर आफ्ना घर, दाजुभाइ, दिदीबहिनी, बुबा, आमा, छोराछोरी, अथवा धन-सम्पत्ति छोडेका छन्, उनीहरू सबैले सय गुणा बढी पाउनेछन् अनि उनीहरूले अनन्त जीवन पनि पाउनेछन् । तर धेरैजना जो पहिला छन्, उनीहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन् ।”

අදාළ තොරතුරු

ජීවිතයේ වචන - ගැළවීම සහ කිතුනු ජීවිතය පිළිබඳ බයිබලය මත පදනම් වූ පණිවිඩ අඩංගු දහස් ගණනක භාෂාවලින් ශ්‍රව්‍ය ශුභාරංචි පණිවිඩ.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons