unfoldingWord 50 - येशू फेरी आउनुहुनेछ

План-конспект: Matthew 13:24-42; 22:13; 24:14; 28:18; John 4:35; 15:20; 16:33; 1 Thessalonians 4:13-5:11; James 1:12; Revelation 2:10; 20:10; 21-22
Номер текста: 1250
Язык: Nepali
Aудитория: General
Цель: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
статус: Approved
Сценарии - это основные инструкции по переводу и записи на другие языки. Их следует при необходимости адаптировать, чтобы сделать понятными и актуальными для каждой культуры и языка. Некоторые используемые термины и концепции могут нуждаться в дополнительном пояснении или даже полностью замещаться или опускаться.
Текст программы

करिब २,००० वर्षदेखि, संसारभरिका धेरैभन्दा धेरै मानिसहरूले येशू मसिहको बारेमा सु-समाचार सुन्दै आएका छन् । मण्डलीको वृद्धि हुँदैछ । येशूले प्रतिज्ञा गर्नुभएको थियो कि संसारको अन्त्यमा उहाँ फर्की आउनुहुनेछ । उहाँ अझसम्म फर्कनु भएको त छैन, तर उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ ।

जब हामी येशूको आगमनको प्रतीक्षा गर्छौं, हामी पवित्रताको बाटोमा जीवन जिऔँ भनी परमेश्वर चाहनुहुन्छ, जसले उहाँको आदर गर्छ । हामीले अरुलाई पनि उहाँको राज्यको बारेमा बताऔँ भनी उहाँ चाहनुहुन्छ । जब येशू संसारमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “मेरा चेलाहरूले परमेश्वरको राज्यको बारेमा सारा संसारका मानिसहरूलाई सु-समाचार प्रचार गर्नेछन्, अनि त्यसपछि मात्र अन्त्यको दिन आउनेछ ।”

धेरै मानिस जातिले अझैपनि येशूको बारेमा सुनेका छैनन् । स्वर्गमा फर्किजानुभन्दा अघि उहाँले ख्रीष्टियानहरूलाई ती मानिसहरूलाई सु-समाचारको घोषणा गर्न भन्नुभयो, जसले कहिल्यै यसको बारेमा सुनेका थिएनन् । उहाँले भन्नुभयो, “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओँ" र "खेतहरु फसलको लागि पाकेको छ।"

येशूले यो पनि भन्नुभयो, “कुनै दास आफ्नो मालिकभन्दा ठूलो हुन सक्दैन । जसरी यस संसारका अधिकारीहरूले मलाई घृणा गरे, उनीहरूले मेरो खातिर तिमीहरूलाई कष्ट दिनेछन् र मार्नेछन् । यस संसारमा तिमीहरूले कष्ट भोग्नुपरे तापनि, उत्साहित होओँ, किनकि मैले यस संसारको शासन गर्ने शैतानलाई हराएको छु । यदि तिमीहरू अन्त्यसम्मै विश्वासयोग्य भयौ भने, परमेश्वरले तिमीहरूको उद्धार गर्नुहुनेछ

येशूले उहाँका चेलाहरूलाई संसारको अन्त्य भएपछि कस्तो हुनेछ भनी बुझाउनको निम्ति एउटा कथा भन्नुभयो । उहाँले भन्नुभयो, “एकजना मानिसले आफ्नो खेतमा असल बिउहरू लगायो । जब ऊ सुतिरहेको थियो, उसको शत्रु आएर गहुँको बीचमा सामाको बिउ छरिदियो, र त्यहाँबाट गयो ।”

“जब बिउ उम्रियो, त्यस मानिसका दासहरूले भने, 'मालिक, तपाईंले त त्यस खेतमा असल बिउहरू लगाउनुभएको थियो । तर कहाँबाट त्यसमा सामाहरू आए त ?’ त्यस मालिकले जवाफ दिए, “कुनै शत्रुले त्यो रोपेको हुनुपर्छ ।”

“ती दासहरूले उनीहरूका मालिकलाई भने, 'के हामी त्यस सामाहरूलाई उखेलौँ ?’ मालिकले भने, 'होइन । तिमीहरूले त्यसो गर्यौं भने, तिमीहरूले त्योसँगै केही गहुँ पनि उखेल्नेछौ । कटनीको समयसम्मको लागि पर्ख अनि त्यसपछि सामाहरूलाई बटुलेर जलाउनको निम्ति बिटा-बिटा बनाओ, तर गहुँचाहिँ मेरो ढुकुटीमा ल्याओ ।'”

चेलाहरूले त्यस कथाको अर्थ बुझेनन् , त्यसैले उनीहरूले येशूलाई सो बुझाइदिनुहुन आग्रह गरे । येशूले भन्नुभयो, “असल बिउ छर्ने मानिसले मसिहको प्रतिनिधित्व गर्छ । खेतले संसारलाई जनाउँछ । असल बिउले परमेश्वरको राज्यका मानिसहरूको प्रतिनिधित्व गर्छ ।”

सामाहरूले ती दुष्ट मानिसहरूका प्रतिनिधित्व गर्छन् । सामा छरिदिने त्यस शत्रुले दुष्टको प्रतिनिधित्व गर्छ । कटनीको समयले अन्त्यको दिनको प्रतिनिधित्व गर्छ, र कटनी गर्नेहरूले परमेश्वरका स्वर्गदूतहरूको प्रतिनिधित्व गर्छ ।”

“जब संसारको अन्त्य हुनेछ, स्वर्गदूतहरूले अधर्मी मानिसहरूलाई जम्मा पार्नेछन् र उनीहरूलाई दन्किरहेको आगोमा फालिदिनेछन् , जहाँ उनीहरू रूनेछन् र भयाकन कष्टमा आफ्ना दाह्रा किट्नेछन् । अनि धर्मी जनहरूचाहिँ तिनीहरूका पिता परमेश्वरको राज्यमा सूर्यझैँ चम्कनेछन् ।”

येशूले यो पनि भन्नुभयो कि संसारको अन्त्य हुनुभन्दा ठीक अघि उहाँ पृथ्वीमा फर्किआउनुहुनेछ । उहाँले छाेड्नुभएकै अवस्थामा उहाँ फर्किआउनुहुनेछ, जुनचाहिँ, उहाँको शरीर भौतिक हुनेछ अनि आकाशमा बादलमाथि आउनुहुनेछ । जब येशू फर्कनुहुन्छ, मरिसकेका सबै ख्रीष्टियानहरू मृत्युबाट बौरी उठ्नेछन् अनि उहाँलाई आकाशमा भेट्नेछन् ।

अनि त्यतिखेर बाँचिरहेका ख्रीष्टियानहरू माथि आकाशमा उचालिनेछन् र अरू मृत्यबाट बौरी उठेका ख्रीष्टियानहरूसँगै मिल्नेछन् । उनीहरू सबैजना येशूसँग हुनेछन् । त्यसपछि, येशू उहाँका मानिसहरूसँग सदाको लागि शान्ति र एकतामा बस्नुहुनेछ ।

येशूले उहाँमाथि विश्वास गर्ने सबैजनालाई जीवनको मुकुट दिने प्रतिज्ञा गर्नुभएको छ । उनीहरू परमेश्वरसँगै शान्तिमा रहनेछन् र राज्य गर्नेछन् ।

तर परमेश्वरले येशूमाथि विश्वास नगर्ने सबैको न्याय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ उनीहरू सदाको निम्ति रूनेछन् र कष्टमा दाह्रा किट्नेछन् । कहिल्यै ननिभ्ने आगोले सधैँभरि तिनीहरूलाई जलाउने छ, अनि किराहरूले तिनीहरूलाई खान छाड्नेछैन ।

जब येशू फर्कनुहुन्छ, उहाँले शैतान र त्यसको राज्यलाई पूर्णरूपले परास्त गर्नुहुनेछ । उहाँले शैतानलाई नरकमा फालिदिनुहुनेछ जहाँ तिनीहरू सदाको निम्ति जल्नेछन् र उनीसँग तिनीहरू पनि हुनेछन्, जसले परमेश्वरको आज्ञापालन गर्नुको साटो त्यस दुष्टलाई पछ्याउन रोजे ।

आदम र हव्वाले परमेश्वरको आज्ञापालन नगरेको र यस संसारमा पापलाई प्रवेश गराएको कारणले, परमेश्वरले यस संसारलाई श्राप दिनुभयो र यसलाई नाश गर्ने निर्णय गर्नुभयो । तर कुनैदिन, परमेश्वरले एक नयाँ स्वर्ग र नयाँ पृथ्वीको सृष्टि गर्नुहुनेछ जुनचाहिँ सिद्ध हुनेछ ।

येशू र उहाँका मानिसहरू नयाँ पृथ्वीमा रहनेछन् , अनि उहाँले सदाको निम्ति अस्तित्वमा रहेका सबै कुराहरूमाथि राज्य गर्नुहुनेछ । उहाँले सबै आँसु पुछिदिनुहुनेछ अनि त्यहाँ फेरि कुनै कष्ट, दुःख, रूवाई, दुष्टता, वेदना, वा मृत्यु हुनेछैन । येशूले शान्ति र न्यायका साथ आफ्नो राज्यको शासन गर्नुहुनेछ, अनि उहाँ सदाको लागि आफ्ना मानिसहरूसँग रहनुहुनेछ ।