ဘာသာစကား တစ်ခုကို ရွေးပါ။

mic

ဝေငှသည်။ ပြောပြသည်။ အသိပေးသည်။

လင့်ကို မျှဝေပါ

QR code for https://globalrecordings.net/script/8656

unfoldingWord 08 - परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

unfoldingWord 08 - परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

အကြမ်းဖော်ပြချက်: Genesis 37-50

ဇာတ်ညွှန်းနံပါတ်: 1208

ဘာသာစကား: Nepali

ပရိသတ်: General

ရည်ရွယ်ချက်: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

အဆင့်အတန်း: Approved

ဇာတ်ညွှန်းများသည် အခြားဘာသာစကားများသို့ ပြန်ဆိုခြင်းနှင့် အသံသွင်းခြင်းအတွက် အခြေခံလမ်းညွှန်ချက်များ ဖြစ်သည်။ မတူကွဲပြားသောယဉ်ကျေးမှုနှင့် ဘာသာစကားတစ်ခုစီကို နားလည်မှုရှိစေနိုင်ရန်နှင့် ဆက်စပ်မှုရှိစေရန် ၎င်းတို့ကို လိုအပ်သည့်အတိုင်း ပြင်ဆင်သင့်သည်။ အသုံးပြုနေသည့် အချို့သောဝေါဟာရများနှင့်သဘောတရားများကို ပိုမို ရှင်းပြရန် လိုအပ်နိုင်သည်၊ သို့မဟုတ် အစားထိုးခြင်း သို့မဟုတ် လုံးလုံး ချန်လှပ်ထားနိုင်သည်။

ဇာတ်ညွှန်းစာသား

धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरा, योसेफलाई बगालहरूको हेरचाह गरिराखेका आफ्ना दाजुहरूकहाँ जाँच गर्न पठाए ।

योसेफका दाजुहरूले उनलाई घृणा गर्थे किनभने तिनीहरूमध्ये उनी आफ्ना बुबाका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू उनीहरूका शासक भएको सपना देखेका थिए । जब योसेफ उनका दाजुहरूकहाँ आइपुगे, उनीहरूले उसको अपहरण गरे र केही दास व्यापारीहरूको हातमा बेचिदिए ।

योसेफका दाजुहरूले घर फर्किन अघि योसेफका लुगाहरू च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए । अनि उनीहरूले त्यो लबेदा आफ्नो बुबालाई देखाए ताकि योसेफलाई कुनै जङ्गली जनावरले मारेछ भनीे सोचून् । यो देखेर याकूब धेरै दुःखी भए ।

ती दास व्यापारीहरूले योसेफलाई मिश्रदेशमा लगे । मिश्र देश नील नदिको छेउमा पर्थ्यो, यो अति विशाल र शक्तिशाली राष्ट्र थियो । ती व्यापारीहरूले योसेफलाई एकजना धनी सरकारी कर्मचारीको हातमा बेचिदिए । योसेफले आफ्नो मालिकको राम्ररी हेरचाह गरे र परमेश्‍वरले उसलाई आशिष् दिनुभयो ।

योसेफका मालिककी स्वास्‍नी योसेफसँग सुत्‍न चाहिन तर परमेश्‍वरको विरुद्ध यसरी पाप गर्न उनले इन्कार गरे । यसले गर्दा उनी रिसाइन र योसेफको विरुद्धमा झुटा आरोप लगाइन, जसको कारण योसेफलाई समातियो र झ्यालखानामा हालियो । झ्यालखानामा हुँदा पनि योसेफले परमेश्‍वरमा भरोसा राखे र परमेश्‍वरले योसेफलाई आशिष् दिनुभयो ।

दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए । एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र त्यसले उनलाई साह्रै सतायो । उनका कुनै सल्लाहकारहरूले पनि त्यस सपनाको रहस्य बताउन सकेनन् ।

परमेश्‍वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए । योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश्‍वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन्‍नहरू दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ ।”

योसेफसँग फारो यति प्रसन्‍न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे ।​

योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्‍न थुपार्न लगाए । अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन्‍नहरू बेचे ताकि मानिसहरूका निम्ति चाहिने जति खानेकुरा पुगोस् ।

अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्‍थे ।

त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए । दाजुहरू खानेकुरा किन्‍न मिश्र देशमा जाँदा तिनीहरूले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरूलाई चिनिहाले ।

अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, नडराउनुहोस् । तपाईंहरूले मलाई दासको रूपमा बेचेर दुष्ट काम गर्न खोज्‍नुभयो, तर परमेश्‍वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो । आउनुहोस् र मिश्र देशमा बस्‍नुहोस् ताकि तपाईंहरू र तपाईंका घरानाहरूलाई मैले जुटाउन सकूँ ।”

जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए ।

याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्‍न लागे । मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरूलाई आशिष् दिए ।

परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर्‍यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरू र उनीहरूका घरानामा । ती बाह्र छोराहरूका सन्तानहरूबाट नै इस्राएलका बाह्र कुलहरू भए ।

ဆက်စပ်သတင်းအချက်အလက်များ

အသက်ၡင်သော နတ်တော်ထွက် စကားတော်များ - GRN သည် ကယ်တင်ခြင်းနှင့် ခရစ်ယာန်အသက်တာနှင့်ပတ်သက်၍ ကျမ်းစာအခြေပြုသတင်းစကားများပါၡိသည့် ထောင်နှင့်ချီသောဘာသာစကားများနှင့် အသံအားဖြင့် ဧ၀ံဂေလိသတင်းစကားများ ရှိပါသည်။

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?