unfoldingWord 30 - येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
![unfoldingWord 30 - येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो](https://static.globalrecordings.net/300x200/z42_Lk_09_12.jpg)
Преглед: Matthew 14:13-21; Mark 6:31-44; Luke 9:10-17; John 6:5-15
Број на скрипта: 1230
Јазик: Nepali
Публиката: General
Цел: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
Статус: Approved
Скриптите се основни упатства за превод и снимање на други јазици. Тие треба да се приспособат по потреба за да бидат разбирливи и релевантни за секоја различна култура и јазик. На некои употребени термини и концепти може да им треба повеќе објаснување или дури да бидат заменети или целосно испуштени.
Текст на скрипта
![](https://static.globalrecordings.net/300x200/z40_Mt_14_11.jpg)
मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्न ठाँउहरूमा पठाउनुभयो । जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए । त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो । त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए ।
![](https://static.globalrecordings.net/300x200/z40_Mt_14_12.jpg)
तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए । यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्ने दाउले किनारै किनार भएर दौडे । तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो ।
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_01.jpg)
त्यस भीडमा स्त्री र बालकहरूलाई नगनीकन, करिब ५,००० भन्दा बढी पुरुषहरू थिए । येशूले ती मानिसहरूलाई दया देखाउनुभयो । येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए । त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो ।
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_08.jpg)
दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन् । यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून् ।”
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_09.jpg)
तर येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ!" उनिहरुले जवाफ दिए, "हामि यो कसरि गर्न सक्छौ? हामिसगँ केवल पाचँ रोटि र दुई साना माछाहरु छन्।"
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_11.jpg)
येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो ।
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_12.jpg)
अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो ।
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_13.jpg)
त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्नुभयो । उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो । चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन। त्यहाँ भएका सबैले खाए र सन्तुष्ट भए।
![](https://static.globalrecordings.net/300x200/z42_Lk_09_14.jpg)
त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो. सबै खाना पाचँ रोटि र दुई माछाबाट उब्रिएको थियो।