unfoldingWord 02 - संसारमा पापको प्रवेश
![unfoldingWord 02 - संसारमा पापको प्रवेश](https://static.globalrecordings.net/300x200/z01_Ge_03_04.jpg)
Преглед: Genesis 3
Број на скрипта: 1202
Јазик: Nepali
Тема: Sin and Satan (Sin, disobedience, Punishment for guilt)
Публиката: General
Цел: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
Статус: Approved
Скриптите се основни упатства за превод и снимање на други јазици. Тие треба да се приспособат по потреба за да бидат разбирливи и релевантни за секоја различна култура и јазик. На некои употребени термини и концепти може да им треба повеќе објаснување или дури да бидат заменети или целосно испуштени.
Текст на скрипта
![](https://static.globalrecordings.net/300x200/z01_Ge_02_12.jpg)
परमेश्वरले उनिहरूकै लागि बनाउनुभएको सुन्दर बगैँचामा आदम र हव्वा धेरै खुशीका साथ बसिरहेका थिए । दुवैजना कुनै वस्त्रबिना नै बस्थे, तापनि यस कुरामा उनीहरूलाई कुनै लाज थिएन, किनकि संसारमा कुनै पाप थिएन । उनीहरू प्राय बगैँचामा डुल्ने र परमेश्वरसँग कुराकानी गर्दथे ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_01.jpg)
तर त्यस बगैंचामा एउटा धूर्त सर्प थियो । उसले स्त्रीलाई सोध्यो, “के साँच्चै परमेश्वरले तिमीलाई यहाँ भएका मध्ये कुनै पनि रूखको फल नखानु भन्नुभएको छ ?”
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_02.jpg)
स्त्रीले जवाफ दिइन्, “परमेश्वरले हामीलाई असल र खराबको ज्ञान छुट्याउने रूखको फल बाहेक अरू कुनैपनि रूखको फल खान हुन्छ भन्नुभएको छ । परमेश्वरले हामीलाई भन्नुभएको छ, यदि तिमीले त्यस रूखको फल खाएमा अथवा छोए मात्रै पनि तिमी मर्नेछौ ।”
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_03.jpg)
त्यस सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन! तिमि मर्ने छैनौ। किनकि परमेश्वर यो जान्नु हुन्छ कि जब तिमि यो फल खान्छौ, तिमि परमेश्वर जस्तै हुनेछौ र उहाँ जस्तै असल र खराब थाहाँ गर्नेछौ ।"
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_04.jpg)
स्त्रीले त्यो फल हेर्नमा सुन्दर र स्वादिलो देखिन् । उनी पनि बुद्धिमान् हुन चाहना गरिन्, त्यसैले उनले बगैंचाबाट केही फलहरू टिपिन् र खाइन् । उनले केही फल आफ्नो पतिलाई पनि दिइन्, जो उनीसँगै थिए, र उसले पनि त्यो फल खाए ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_05.jpg)
अचानक, उनीहरूका आँखाहरू खोलिए, अनि आफूहरू नाङ्गो भएको उनीहरूले चाल पाए । उनीहरूले पातहरूलाई बुनेर वस्त्र बनाई आफ्ना शरीरलाई ढाक्न खोजे ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_06.jpg)
तब मानिस र उनकी पत्नीले परमेश्वर बगैँचाबाट भएर हिँड्दै गर्नुभएको आवाज सुने । उनीहरू दुवैजना परमेश्वरबाट लुके । अनि परमेश्वरले मानिसलाई बोलाएर भन्नुभयो, “तँ कहाँ छस् ?” आदमले जवाफ दिए, “मैले तपाईं बगैंचामा हिँड्दै गर्नुभएको सुनेँ, अनि म डराएँ, किनकि म नाङ्गो थिएँ । त्यसैले म लुकेँ ।”
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_07.jpg)
अनि परमेश्वरले सोध्नुभयो, “त नाङ्गो छस् भनेर तँलाई कसले भन्यो ? के मैले नखानु भनेको फल तैँले खाइस् ?” मानिसले जवाफ दियो, “तपाईंले दिनुभएको स्त्रीले मलाई यो फल दिइन् ।” अनि परमेश्वरले स्त्रीलाई सोध्नु भयो , “तैँले यो के गरिस् ?” स्त्रीले जवाफ दिइन, “त्यो सर्पले मलाई झुक्यायो ।”
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_08.jpg)
परमेश्वरले सर्पलाई भन्नुभयो, “तँ श्रापित भएको छस् ! पेट द्वारा तँ हिड्ने छस् र माटो खानेछस्। तैले स्त्रीलाई र स्त्रीले तलाई घ्रिणा गर्नेछ, र तेरा सन्तानले स्त्रीका सन्तानलाई र स्त्रीका सन्तानले तेरा सन्तानलाई घ्रिणा गर्नेछन् । स्त्रीको सन्तानले तेरो शिर कुच्च्याउनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस्।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_09.jpg)
त्यसपछि परमेश्वरले स्त्रीलाई भन्नुभयो, “म तेरो सुत्केरी वेदना धेरै बढाइदिनेछु । तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँमाथि अधिकार गर्नेछ ।”
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_10.jpg)
परमेश्वरले मानिसलाई भन्नुभयो, “तैँले आफ्नी श्रीमतीको कुरा सुनेर मेरो आज्ञा नमानेको हुनाले यो भूमि तेरो कारणले श्रापित भएको छ । खानको निम्ति तैँले कडा परिश्रम गर्नुपर्नेछ । त्यसपछि तँ मर्नेछस् , र तेरो शरीर माटोमै मिल्नेछ ।” मानिसले आफ्नी श्रीमतीको नाउँ हव्वा राखे, जसको अर्थ हो “जीवन दिने”, किनकि तिनी सबै जातिका मानिसहरूका आमा कहलाइन् । अनि परमेश्वरले आदम र हव्वालाई पशुको छालाको लुगा बनाई लगाइदिनुभयो ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_11.jpg)
अनि परमेश्वरले भन्नुभयो, “अब मानिसहरू पनि हामीजस्तै असल र खराब जान्ने भएका छन्”, त्यसैले तिनीहरूले अब जीवनको रूखको फल खाएर तिनीहरू सधैँभरि जीवित रहन नपाऊन् भनि परमेश्वरले आदम र हव्वालाई त्यस सुन्दर बगैँचाबाट निकालिदिनुभयो । परमेश्वरले जीवनको रूखको निगरानी गर्नको लागि शक्तिशाली स्वर्गदूतहरूलाई बगैँचाको मूलढोकामा पहरेदारको रूपमा खटाउनुभयो ।