unfoldingWord 45 - फिलिप र स्तिफनस

unfoldingWord 45 - फिलिप र स्तिफनस

개요: Acts 6-8

스크립트 번호: 1245

언어: Nepali

청중: General

장르: Bible Stories & Teac

목적: Evangelism; Teaching

성경 인용: Paraphrase

지위: Approved

이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.

스크립트 텍스트

शुरूका मण्डलीका अगुवाहरूमध्ये स्तिफनस नाउँ गरेका एकजना व्यक्ति थिए । उनी असल प्रतिष्ठा अनि पवित्र आत्मा र वुद्धिले भरपुर भएका मानिस थिए । स्तिफनसले थुप्रै आश्‍चर्यकर्महरु गरे र मानिसहरूले येशूमा विश्‍वास गर्नुपर्छ भनी सशक्त ढंगले तर्क गर्दथे ।

एकदिन, जब स्तिफनसले येशूको विषयमा शिक्षा दिइरहेका थिए, येशूमा विश्‍वास नगर्ने केही यहूदीहरू स्तिफनससँग विवाद गर्न लागे । तिनीहरू धेरै क्रोधित भए र स्तिफनसको सम्बन्धमा धार्मिक अगुवाहरूलाई झूटो गवाही दिए । तिनीहरूले भने, “उसले मोशा र परमेश्‍वरको बारेमा दुष्ट कुराहरू भनेको हामीले सुन्यौँ।" यसैले धार्मिक अगुवाहरुले स्तिफनसलाई पक्राउ गरे र प्रधान पूजहारी र यहुदिहरुका अरु अगुवाहरुकहाँ ल्याए। अरु धेरै झुठा साक्षिहरु आए र स्तिफनसको विरुद्धमा झुठो गवाहि दिए।

प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के यी कुराहरू सत्य हुन् ?” स्तिफनसले तिनीहरूलाई परमेश्‍वरले अब्राहामदेखि लिएर येशूको समयसम्म गर्नुभएका कयौँ महान् कामहरू, र कसरी परमेश्‍वरका मानिसहरूले निरन्तर रूपमा उहाँको आज्ञापालन नगरेका भनी स्मरण गराउँदै जवाफ दिए । अनि तिनले भने, “तपाईं हठी र विद्रोही मानिसहरूले सधैँ पवित्र आत्मालाई इन्कार गर्नुहुन्छ, जसै तपाईंहरूका पुर्खाहरूले सधैँ परमेश्‍वरलाई इन्कार गरे र उहाँका अगमवक्ताहरूलाई मारे । तर तपाईंहरूले त केही कुरा अझ बढी गर्नुभयो, जुन उनीहरूले गरेभन्दा खराब थियो

जब ती धार्मिक अगुवाहरूले यो कुरा सुने, तिनीहरू यति क्रोधित भए कि तिनीहरूले आफ्ना कान थुने र चर्को स्वरले कराए । तिनीहरूले स्तिफनसलाई शहर बाहिर घिसारेर लगे र उनलाई मार्न ढुङ्गाले हाने ।​

जब स्तिफनस मर्नै लागेका थिए, उनले कराएर भने, “येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” अनि उनले आफ्ना घुँडा टेके र फेरि चर्को स्वरले यसो भनी कराए, “प्रभु, यो पापको दोष यिनीहरूमाथि नलागोस् ।” त्यसपछि उनी मरे ।।​

शाऊल नाउँ गरेका एकजना जवान मानिस स्तिफनसलाई मार्ने मानिसहरूसँग सहमत भए र तिनीहरूले ढुङ्गा हान्दैगर्दा तिनीहरूका वस्त्रहरूको रखवाल गरिदिए । त्यस दिनदेखि, यरूशलेममा धेरै मानिसहरूले येशूका चेलाहरूलाई सताउन थाले, त्यसैले विश्‍वासीहरू अन्य ठाउँहरूमा भागेर गए । तर त्यति भएता पनि तिनीहरूले आफू गएका सबै ठाउँहरूमा येशूको प्रचार गरे ।

फिलिप नाउँ भएका येशूका एकजना चेला थिए जो सतावटको समयमा यरूशलेमबाट भागेर जाने विश्‍वासीहरूमध्येका एक थिए । उनी सामरियामा गए जहाँ उनले येशूको बारेमा प्रचार गरे र त्यहाँका धेरै मानिसहरू बचाइएका थिए । अनि एकदिन, परमेश्‍वरका एक दूतले फिलिपलाई मरूभूमिको सडकमा जान भने । जसै उनी त्यस बाटोमा हिँड्दै थिए, फिलिपले इथियोपियाका एकजना महत्वपूर्ण सरकारी कर्मचारीलाई आफ्नो रथमा चढेर जाँदै गरेको देखे । अनि पवित्र आत्माले फिलिपलाई गएर त्यस मानिससँग कुरा गर्न भन्‍नुभयो ।

जब फिलिप त्यस रथको नजिकै आईपुगे, उनले त्यस इथियोपियाली मानिसले यशैया अगमवक्ताले लेखेको पत्रबाट पढिरहेको सुने । त्यस मानिसले पढ्यो, “जसरी भेडा काटिनलाई लगिन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन । उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन । किनभने उसको जीवन पृथ्वीबाट हरण भयो ।”​

फिलिपले त्यस इथियोपियालीलाई सोधे, “तपाईंले पढिरहनुभएको कुरा के तपाईं बुझ्नुहुन्छ ?” त्यस इथियोपियालीले जवाफ दियो, “अहँ । कसैले नबताई म कसरी बुझ्‍न सक्छु र ? कृपया आउनुहोस् र मेरो छेऊमा बस्‍नुहोस् । के यशैयाले आफ्नै बारेमा लेखेका थिए वा अरू कसैको बारेमा ?”

फिलिपले त्यस इथियोपियाली मानिसलाई यशैयाले येशूको बारेमा लेखेका थिए भनी व्याख्या गरिदिए । फिलिपले उनलाई येशूको बारेमा सु-समाचार सुनाउन अरू पत्रहरूको पनि प्रयोग गरे । यसरी उनले त्यो मान्‍छेलाई येशुको बारेमा सुसमाचार सुनाए।

जब फिलिप र त्यस इथियोपियाली यात्रा गर्दै थिए, उनीहरू केही पानी भएको ठाउँमा आईपुगे । त्यस इथियोपियालीले भन्यो, “हेर्नुहोस्, त्‍यहाँ केहि पानि छ, के म बप्तिस्‍मा लिनसक्‍छु?" र उनले चालकलाई रथ रोक्‍न भने।

त्यसैले उनीहरू तल पानी भएको ठाउँमा गए, अनि फिलिपले त्यस इथियोपियालीलाई बप्तिस्मा दिए । उनीहरू पानीबाट बाहिर आएपछि, अचानक पवित्र आत्माले फिलिपलाई अन्त्यै लैजानुभयो जहाँ उनले मानिसहरूलाई येशूको बारेमा बताइनै रहे ।

त्यस इथियोपियाली मानिसचाहिँ आफ्नो घरतर्फ जान आफ्नो यात्रालाई निरन्तरता दियो, उसले येशूलाई चिनेकोमा ऊ निकै खुशी थियो ।

관련정보

생명의 말씀 - GRN 은 성경에 기반한 구원과 그리스도인의 삶에 대한 수천개의 오디오 복음 메시지를 가지고 있습니다.

무료 다운로드 - 여기에서 다운로드 가능한 여러 언어로 된 주요 GRN 메시지 스크립트, 그림 및 기타 관련 자료를 찾을 수 있습니다.

GRN 오디오 도서관 - 전도와 기본 성경 가르침을 위한 자료는 mp3, CD, 카세트 테이프 형태로 사람들의 필요와 문화에 맞추어졌습니다. 녹음은 성경이야기, 전도 메시지, 말씀 읽기, 노래를 포함하여 다양한 스타일로 구성되었습니다.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?