unfoldingWord 31 - येशू पानीमाथि हिँड्नुभयो

개요: Matthew 14:22-33; Mark 6:45-52; John 6:16-21
스크립트 번호: 1231
언어: Nepali
청중: General
목적: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
지위: Approved
이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.
스크립트 텍스트

अनि भीडलाई बिदा गरेर येशूले चेलाहरूलाई डुङ्गामा चढी समुन्द्रको पल्लो छेऊतिर जाऊ भन्नुभयो । भीडलाई बिदा गरिसकेपछि उहाँ प्रार्थना गर्नको निम्ति डाँडातिर उक्लनुभयो । येशू त्यहाँ एक्लै हुनुहुन्थ्यो, अनि राती अबेरसम्म प्रार्थना गरिरहनुभयो ।

चेलाहरू आफ्ना डुङ्गा खियाउँदै थिए, तर राती अबेरसम्ममा पनि उनीहरू समुन्द्रको बीच भागसम्म मात्र पुगेका थिए । धेरै कठिनको साथ उनीहरू डुङ्गा खियाउँदै थिए किनभने शक्तिशाली आँधी उनीहरूको विपरीत चलिरहेको थियो ।

येशूले प्रार्थना गरी सिध्याउनुभएपछि उहाँ चेलाहरूकहाँ जानुभयो । उहाँ समुन्द्रको पानीमाथि हिँड्दै उनीहरू भएको डुङ्गातिर जानुभयो ।

जब चेलाहरूले येशूलाई देखे, उनीहरू अति भयभित भए किनभने आफूले कुनै भूत देखिरहेको उनीहरूले ठाने । उनीहरू डराएका छन् भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई बोलाउनुभयो र भन्नुभयो, “नडराओ । म हुँ

तब पत्रुसले येशूलाई भने, “गुरूज्यू, यदि तपाईंनै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि भएर आउने आज्ञा गर्नुहोस् ।” येशूले पत्रुसलाई भन्नुभयो, “आऊ

त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर निस्के र पानीमाथि येशू उभिनुभएको ठाँउतर्फ हिँड्न लागे । तर केही छिन हिँडेपछि, उनले आफ्ना आँखाहरू येशूदेखि अन्तै लगे अनि छालहरूतिर हेर्न र आँधीलाई महसुस गर्न थाले ।

तब पत्रुस डराए र डुब्न लागे । उनी यसो भन्दै कराए, “गुरूज्यू, मलाई बचाउनुहोस् । तुरुन्त येशुले हात पसारेर तिनिलाई समात्नुभयो। तब उहाँले पत्रुसलाई भन्नुभयो, "तिमिसगँ थोरै विश्वास रहेछ। तिमिलाई सुरक्षित राख्छु भनेर किन भरोसा गरेनौ?"

पत्रुस र येशू डुङ्गामा चढे, पछि आँधी तुरुन्तै रोकियो अनि पानी शान्त भयो । चेलाहरू चकित भए । उनीहरूले यसो भन्दै येशूको आराधना गरे, “साँच्चै, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”