언어선택

unfoldingWord 22 - यूहन्‍नाको जन्म

unfoldingWord 22 - यूहन्‍नाको जन्म

개요: Luke 1

스크립트 번호: 1222

언어: Nepali

청중: General

목적: Evangelism; Teaching

특징: Bible Stories; Paraphrase Scripture

지위: Approved

이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.

스크립트 텍스트

विगतमा, परमेश्‍वर आफ्ना मानिसहरूसँग आफ्ना स्वर्गदूत र अगमवक्ताहरूको माध्यमबाट बोल्ने गर्नुहुन्थ्यो । तर ४०० वर्ष सम्म उहाँ तिनीहरूसँग बोल्नुभएन । अचानक एक स्वर्गदूत जकरिया नाउँ गरेका एकजना पूजाहारीकहाँ परमेश्‍वरको सन्देश लिएर आए । जकरिया र उनकी पत्‍नी एलिशिबा, परमेश्‍वरका भक्त मानिसहरू थिए, तर तिनले कुनै सन्तान पाउन सकेकी थिइनन् ।

त्यस स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीको एउटा छोरा हुनेछ । तिमीले उसको नाउँ यूहन्‍ना राख्‍नु । उनी पवित्र आत्माले भरिनेछन्, र मसिहको निम्ति बाटो तयार गर्नेछन्!" जकरियाले जवाफ दिए, "सन्तान जन्माउनको लागि म र मेरो पत्‍नीको उमेर ढल्किसकेको छ! म कसरी जान्‍न सक्छु कि तपाई सत्य बोल्दै हुनुहुन्छ?"

स्वर्गदूतले जकरियालाई जवाफ दिए, “म परमेश्‍वरबाट तिमीकहाँ यो खुशीको समाचार सुनाउन पठाइएको हो । तिमीले मलाई विश्‍वास नगरेको कारणले बालक नजन्मिएसम्मको निम्ति तिमी बोल्न नसक्ने हुनेछौ ।” तुरुन्तै, जकरिया बोल्न नसक्ने भए । अनि त्यस दूतले जकरियालाई छाेडेर गए । त्यसपछि जकरिया आफ्नो घर फर्के र उनकी पत्‍नी गर्भवती भइन् ।

जब एलिशिबा गर्भवती भएको ६ महिना भएको थियो, त्यही स्वर्गदूत अचानक एलिशिबाकी आफन्तकहाँ देखा परे, जसको नाउँ मरियम थियो । उनी एक कन्या थिइन् जसको योसेफ नाउँ गरेका मानिससँग मगनी भएको थियो । स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ । उहाँ परम-प्रधान परमेश्‍वरका पुत्र हुनुहुनेछ र सदा-सर्वदा राज्य गर्नुहुनेछ ।”

मरियमले जवाफ दिइन्, “यो कसरी हुनसक्छ, जबकी म त एक कन्या हुँ ?” स्वर्गदूतले भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र पवित्रआत्माको शक्तिको छायाँ तिमीमाथि पर्नेछ । त्यसैले त्यस बालक पवित्र, परमेश्‍वरको पुत्र हुनेछन् ।” मरियमले स्वर्गदूतले भनेको कुरामा विश्‍वास गरिन् र त्यसलाई स्वीकारिन् ।

मरियमले स्वर्गदूतसँग बातचित गरेको केही समयपछि नै उनी एलिशिबाकहाँ भेट्न गइन् । एलिशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै, उनको पेटभित्र भएको बालक उफ्रियो । परमेश्‍वरले उनीहरूको निम्ति गरिदिनुभएको कार्यमा ती स्‍त्रीहरू रमाए । एलिशिबाकहाँ तीन महिनासम्म बसेपछि, मरियम घर फर्किन् ।

एलिशिबाले बालक छोरा जन्माएपछि, स्वर्गदूतले आज्ञा गरे बमोजिम जकरिया र एलिशिबाले उनको नाउँ ‘यूहन्‍ना’ राखे । अनि परमेश्‍वरले फेरि जकरियालाई बोल्न सक्ने बनाइदिनुभयो । जकरियाले भने, “परमेश्‍वरको प्रशंसा होस् , किनकि उहाँले आफ्ना मानिसहरूलाई सम्झनुभएको छ

관련정보

생명의 말씀 - GRN 은 성경에 기반한 구원과 그리스도인의 삶에 대한 수천개의 오디오 복음 메시지를 가지고 있습니다.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

공유

Logo Baidu Teiba Logo Blogger Logo Bluesky Logo Facebook Logo Line Logo LinkedIn Logo OK Logo Pinterest Logo Qzone Logo Reddit Logo Telegram Logo Threads Logo Tumblr Logo Viber Logo VK Logo Weibo Logo WhatsApp Logo X e-mail 이메일

링크 공유