unfoldingWord 08 - परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

unfoldingWord 08 - परमेश्‍वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

개요: Genesis 37-50

스크립트 번호: 1208

언어: Nepali

청중: General

장르: Bible Stories & Teac

목적: Evangelism; Teaching

성경 인용: Paraphrase

지위: Approved

이 스크립트는 다른 언어로 번역 및 녹음을위한 기본 지침입니다. 그것은 그것이 사용되는 각 영역에 맞게 다른 문화와 언어로 조정되어야 합니다. 사용되는 몇 가지 용어와 개념은 다른 문화에서는 다듬어지거나 생략해야 할 수도 있습니다.

스크립트 텍스트

धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरा, योसेफलाई बगालहरूको हेरचाह गरिराखेका आफ्ना दाजुहरूकहाँ जाँच गर्न पठाए ।

योसेफका दाजुहरूले उनलाई घृणा गर्थे किनभने तिनीहरूमध्ये उनी आफ्ना बुबाका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू उनीहरूका शासक भएको सपना देखेका थिए । जब योसेफ उनका दाजुहरूकहाँ आइपुगे, उनीहरूले उसको अपहरण गरे र केही दास व्यापारीहरूको हातमा बेचिदिए ।

योसेफका दाजुहरूले घर फर्किन अघि योसेफका लुगाहरू च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए । अनि उनीहरूले त्यो लबेदा आफ्नो बुबालाई देखाए ताकि योसेफलाई कुनै जङ्गली जनावरले मारेछ भनीे सोचून् । यो देखेर याकूब धेरै दुःखी भए ।

ती दास व्यापारीहरूले योसेफलाई मिश्रदेशमा लगे । मिश्र देश नील नदिको छेउमा पर्थ्यो, यो अति विशाल र शक्तिशाली राष्ट्र थियो । ती व्यापारीहरूले योसेफलाई एकजना धनी सरकारी कर्मचारीको हातमा बेचिदिए । योसेफले आफ्नो मालिकको राम्ररी हेरचाह गरे र परमेश्‍वरले उसलाई आशिष् दिनुभयो ।

योसेफका मालिककी स्वास्‍नी योसेफसँग सुत्‍न चाहिन तर परमेश्‍वरको विरुद्ध यसरी पाप गर्न उनले इन्कार गरे । यसले गर्दा उनी रिसाइन र योसेफको विरुद्धमा झुटा आरोप लगाइन, जसको कारण योसेफलाई समातियो र झ्यालखानामा हालियो । झ्यालखानामा हुँदा पनि योसेफले परमेश्‍वरमा भरोसा राखे र परमेश्‍वरले योसेफलाई आशिष् दिनुभयो ।

दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए । एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र त्यसले उनलाई साह्रै सतायो । उनका कुनै सल्लाहकारहरूले पनि त्यस सपनाको रहस्य बताउन सकेनन् ।

परमेश्‍वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए । योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश्‍वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन्‍नहरू दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ ।”

योसेफसँग फारो यति प्रसन्‍न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे ।​

योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्‍न थुपार्न लगाए । अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन्‍नहरू बेचे ताकि मानिसहरूका निम्ति चाहिने जति खानेकुरा पुगोस् ।

अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्‍थे ।

त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए । दाजुहरू खानेकुरा किन्‍न मिश्र देशमा जाँदा तिनीहरूले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरूलाई चिनिहाले ।

अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, नडराउनुहोस् । तपाईंहरूले मलाई दासको रूपमा बेचेर दुष्ट काम गर्न खोज्‍नुभयो, तर परमेश्‍वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो । आउनुहोस् र मिश्र देशमा बस्‍नुहोस् ताकि तपाईंहरू र तपाईंका घरानाहरूलाई मैले जुटाउन सकूँ ।”

जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए ।

याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्‍न लागे । मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरूलाई आशिष् दिए ।

परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर्‍यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरू र उनीहरूका घरानामा । ती बाह्र छोराहरूका सन्तानहरूबाट नै इस्राएलका बाह्र कुलहरू भए ।

관련정보

생명의 말씀 - GRN 은 성경에 기반한 구원과 그리스도인의 삶에 대한 수천개의 오디오 복음 메시지를 가지고 있습니다.

무료 다운로드 - 여기에서 다운로드 가능한 여러 언어로 된 주요 GRN 메시지 스크립트, 그림 및 기타 관련 자료를 찾을 수 있습니다.

GRN 오디오 도서관 - 전도와 기본 성경 가르침을 위한 자료는 mp3, CD, 카세트 테이프 형태로 사람들의 필요와 문화에 맞추어졌습니다. 녹음은 성경이야기, 전도 메시지, 말씀 읽기, 노래를 포함하여 다양한 스타일로 구성되었습니다.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?