Тілді таңдаңыз

mic

Бөлісу

Сілтемені бөлісу

QR code for https://globalrecordings.net/script/ne/1209

unfoldingWord 09 - परमेश्‍वरबाट मोशालाई बोलावट

unfoldingWord 09 - परमेश्‍वरबाट मोशालाई बोलावट

Контур: Exodus 1-4

Сценарий нөмірі: 1209

Тіл: Nepali

Аудитория: General

Мақсат: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Күй: Approved

Сценарийлер басқа тілдерге аудару және жазу үшін негізгі нұсқаулар болып табылады. Оларды әр түрлі мәдениет пен тілге түсінікті және сәйкес ету үшін қажетінше бейімдеу керек. Пайдаланылған кейбір терминдер мен ұғымдар көбірек түсіндіруді қажет етуі немесе тіпті ауыстырылуы немесе толығымен алынып тасталуы мүмкін.

Сценарий мәтіні

योसेफको मृत्युपछि, तिनका सबै आफन्तहरू मिश्र देशमै बस्‍न थाले । तिनीहरूका सन्तानहरू पनि धेरै वर्षसम्म निरन्तर रूपमा त्यहिँ बसोबास गर्न लागे र उनीहरूका धेरै सन्तान भए । तिनीहरूलाई ‘इस्राएली’ भनिन्थ्यो ।

सयौं वर्षपछि इस्राएलीहरूको संख्यामा धेरै वृद्धि भइसकेको थियो । मिश्रीहरूले योसेफ र तिनले उनीहरूप्रति गरेका सबै असल कामहरू बिर्सिसकेका थिए । उनीहरू इस्राएलीहरूसँग डराउन लागे किनकि उनीहरू संख्यामा ज्यादै धेरै थिए । त्यसैले त्यस समयमा मिश्रदेशमा राज्य गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रीहरूका दास बनाए ।

मिश्रीहरूले इस्राएलीहरूलाई धेरै भवनहरू र पुरै सहर समेत बनाउन लगाए । कडा परिश्रमले उनीहरूको जीवनलाई कठिन बनायो, तर परमेश्‍वरले उनीहरूलाई आशिष् दिनुभयो, र उनीहरूका सन्तानहरू अझै बढ्दै गए ।

इस्राएलीहरूले धेरैभन्दा धेरै बालकहरू जन्माइरहेका फरोले देखे, त्यसैले उनले आफ्ना मानिसहरूलाई सबै इस्राएलीहरूका भर्खर जन्मिएका छोराहरूलाई नील नदीमा फ्याँकी मार्ने आदेश दिए ।

कुनै एक इस्राएली आइमाईले एउटा छोरा जन्माइन् । उनले र उनका पतिले आफूले सक्दो समयसम्म त्यस बालकलाई लुकाएर राखे ।

जब त्यस बालकको आमा-बुबाले उसलाई अरू धेरै समय लुकाउन सकेनन्, उसलाई मारिनबाट जोगाउन तिनीहरूले एउटा कोक्रो बनाई बालकलाई त्यसभित्र राखिदिए र नील नदीको किनारमा नर्कटको झाडीको बीचमा छोडिदिए । बालककी दिदीले उसलाई के हुने रहेछ भनी हेरिरहिन् ।

फारोकी छोरीले त्यस कोक्रोलाई देखिन् अनि त्यसभित्र के रहेछ भनी खोलेर हेरिन् । जब उनले बालकलाई देखिन्, उनले त्यसलाई आफ्नै छोराको रूपमा राखिन् । उनले एक इस्राएली आइमाईलाई त्यस बालकको हेरचाह गर्न ज्याला दिएर राखिन् तर त्यस आइमाई बालकको अाफनै आमा थिइन् भन्‍ने कुरा उनलाई थाहा थिएन । जब त्यो बालक अब दूध खान नपर्ने जति ठूलो भयो, त्यस आइमाईले उसलाई फारोकी छोरीकहाँ पठाइदिइन् जसले उसको नाउँ मोशा राखिन् ।

एकदिन, जब मोशा ठूला भइसकेका थिए, एक मिश्रीले एक इस्राएली दासलाई कुटिरहेको देखे । मोशाले आफ्नो इस्राएली व्‍यक्त्तिलाई बचाउन खोजे ।

जब मोशाले आफूलाई कसैले देख्दैन भन्‍ने सोचे र त्यस मिश्रीलाई मारेर त्यसलाई गाडीदिए । तर मोशाले त्यस मिश्रीको हत्या गरेको कसैले देखेको थियो ।

जब फारोले मोशाले गरेको हत्याको बारेमा थाहा पाए, उनले मोशालाई मार्न खोजे । त्यसैले फारोका सैनिकहरूबाट बच्‍नलाई मोशा मिश्रदेशबाट भागेर उजाड स्थानतर्फ गए ।

मिश्रदेशदेखि टाढा त्यस उजाड स्थानमा मोशा एक गोठालो बने । उनले त्यस ठाउँकी एकजना स्‍त्रीसँग विवाह गरे र उनका दुई छोराहरू भए ।

एकदिन जब मोशा आफ्ना भेडाहरूको हेरचाह गरिरहेका थिए, उनले एउटा पोथ्रा देखे जुन आगोले जलिरहेको थियो । तर त्यो पोथ्रा जलेर भस्म भएन । त्यो पोथ्रालाई अझ राम्रोसँग नियाल्न मोशा त्यसको नजिकै गए । जब उनी त्यस जलिरहेको पोथ्राको नजिक आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, “मोशा, तेरा जुत्ताहरू खोल । किन कि तँ पवित्र भूमिमा उभिरहेको छस् ।”

परमेश्‍वरले भन्‍नुभयो, “मैले मेरा मानिसहरूका कष्टलाई देखेको छु । म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले इस्राएलीहरूलाई मिश्रदेशको दासत्वबाट छुटाएर ल्याउनेछस् । म तिनीहरूलाई कनानको देश दिनेछु, त्यो देश जुन मैले अब्राहाम, इसहाक र याकूबसँग प्रतिज्ञा गरेको थिए ।”

मोशाले सोधे, “मानिसहरूले मलाई कसले पठाउनुभएको हो भनी सोधे भने, म के भनौँ?” परमेश्‍वरले भन्‍नुभयो, “म हुँ, जो म हुँ । तिनीहरूलाई यसो भनिदिनु, ‘म हुँ’ भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । तिनीहरूलाई यो पनि भनिदिनु, ‘म याहोवे हुँ, तिमीहरूका पितापूर्खा अब्राहाम, इसहाक, र याकूबका परमेश्‍वर’ । मेरो नाउँ सदा-सर्वदाको निम्ति यही नै हो ।”

मोशा डराएका थिए र फारोकहाँ जान चाहिरहेका थिएनन् किनकि आफू ठिकसँग बोल्न नसक्ने उनले सोचेका थिए, त्यसैले परमेश्‍वरले मोशाका भाइ हारूनलाई उनको साथमा सहायताको निम्ति पठाउनुभयो ।

Қатысты ақпарат

Өмір сөздері - Құтқару және христиандық өмір туралы Киелі кітапқа негізделген хабарларды қамтитын мыңдаған тілдердегі аудио ізгі хабарлар.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons