unfoldingWord 06 - परमेश्वरले इसहाकलाई जुटाउनु भयो ।
მონახაზი: Genesis 24:1-25:26
სკრიპტის ნომერი: 1206
Ენა: Nepali
აუდიტორია: General
მიზანი: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
სტატუსი: Approved
სკრიპტები არის ძირითადი სახელმძღვანელო სხვა ენებზე თარგმნისა და ჩაწერისთვის. ისინი საჭიროებისამებრ უნდა იყოს ადაპტირებული, რათა გასაგები და შესაბამისი იყოს თითოეული განსხვავებული კულტურისა და ენისთვის. ზოგიერთ ტერმინს და ცნებას შეიძლება დასჭირდეს მეტი ახსნა ან ჩანაცვლება ან მთლიანად გამოტოვება.
სკრიპტის ტექსტი
अब्राहाम वृद्ध हुँदा, उनका छोरा, इसहाक, एक परिपक्क मानिस भैसकेका थिए । त्यसैले अब्राहामले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरू भएको देशमा इसहाकको निम्ति एउटी श्रीमती खोजेर ल्याउन पठाए ।
अब्राहामका आफन्तहरू बस्ने देशतिरको लामो यात्रा पश्चात, परमेश्वरले त्यस नोकरलाई रिबेका नाउँकी एकजना स्त्रीकहाँ ल्याउनुभयो । उनी अब्राहामका भाइकी नातिनी थिइन् ।
रिबेका आफ्ना परिवारलाई छाेडी त्यस नोकरसँग इसहाकको घरमा जान राजी भइन् । उनी पुग्ने बित्तिकै इसहाकले उनीसँग विवाह गरे ।
धेरै समयपछि, अब्राहामको मृत्यु भयो अनि परमेश्वरले उनीसँग बाँध्नुभएको सबै करार अब इसहाकमा सर्यो । परमेश्वरले अब्राहामका असंख्य सन्तान हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो, तर इसहाककी पत्नी रिबेकाको कुनै सन्तान हुनसकेको थिएन ।
इसहाकले रिबेकाको निम्ति प्रार्थना गरे, अनि परमेश्वरले उनको कोखमा जुम्ल्याह बच्चाहरू दिनुभयो । ती दुई बच्चाहरूले रिबेकाको गर्भभित्र हुँदै एक-अर्कासँग लडन्त गर्न लागे, त्यसैले रिबेकाले परमेश्वरसँग यो के भइरहेको हो भनी सोधिन् ।
परमेश्वरले रिबेकालाई भन्नुभयो, “तिमीले दुई छोरा जन्माउनेछौ । तिनिहरुका सन्तानहरु दुई फरक राष्ट्र बन्नेछन् । तिनीहरू एक-आपसमा लड्नेछन् र जेठा छोराले कान्छा छोराको सेवा गर्नेछ ।”
जब रिबेकाको छोराहरू जन्मिए, जेठो छोरा रातो र रौँ नै रौँ भएको थियो अनि तिनीहरूले त्यसको नाउँ एसाव राखे । तर कान्छाचाहिँ आफ्ना हातले जेठाको कुर्कुच्चा समात्दै निस्क्यो र तिनीहरूले त्यसको नाउँ याकूब राखे ।