unfoldingWord 48 - येशू प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ
![unfoldingWord 48 - येशू प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ](https://static.globalrecordings.net/300x200/z02_Ex_19_10.jpg)
概要: Genesis 1-3, 6, 14, 22; Exodus 12, 20; 2 Samuel 7; Hebrews 3:1-6, 4:14-5:10, 7:1-8:13, 9:11-10:18; Revelation 21
スクリプト番号: 1248
言語: Nepali
観客: General
目的: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
状態: Approved
スクリプトは、他の言語への翻訳および録音の基本的なガイドラインです。スクリプトは、それぞれの異なる文化や言語で理解しやすく、関連性のあるものにするために、必要に応じて適応させる必要があります。使用される用語や概念の中には、さらに説明が必要な場合や、完全に置き換えたり省略したりする必要がある場合もあります。
スクリプトテキスト
![](https://static.globalrecordings.net/300x200/z01_Ge_02_12.jpg)
जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, सबै कुरा सिद्ध थियो । त्यहाँ कुनै पाप थिएन । आदम र हव्वाले एक-अर्कालाई प्रेम गर्थे, अनि उनीहरूले परमेश्वरलाई प्रेम गर्थे । त्यहाँ कुनै रोग वा मृत्यु थिएन । सो परमेश्वरले चाहानुभएको संसार थियो ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_01.jpg)
बगैँचामा हव्वालाई झुक्याउनको निम्ति शैतान सर्पद्वारा बोल्यो । अनि हव्वाले र आदमले परमेश्वरको विरुद्धमा पाप गरे । उनीहरूले गरेको पापको कारणले, मृत्यु, रोग र पीडा, यी सबै संसारका सारा मानिसको जीवनको एक हिस्सा बन्यो ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_06.jpg)
आदम र हव्वाले पाप गरेको हुनाले केही कुरा अझ बढी भयानक हुनगयो । उनीहरू परमेश्वरका शत्रु भए । फलस्वरूप, त्यस समय पश्चात सबै मानिसहरू जन्मदै पाप-स्वभावका छन् र उनीहरू पनि परमेश्वरका शत्रु हुन् । परमेश्वर र मानिसहरूबीचको सम्बन्ध पापले गर्दा टुट्यो । तर त्यस सम्बन्धलाई पुनस्थापित गर्न परमेश्वरसँग एउटा योजना थियो ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_03_08.jpg)
परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि हव्वाको एकजना सन्तानले शैतानको शिर कुच्याउनेछ, र शैतानले उसको कुर्कुच्चा डस्ने छ । यसको अर्थ यो थियो, कि शैतानले मसिहलाई मार्नेछ, तर परमेश्वरले उहाँलाई फेरि जीवित तुल्याउनुहुनेछ, र मसिहले शैतानको शक्तिलाई सदाको लागि कुच्याउनुहुनेछ । धेरै वर्षपछि, परमेश्वरले येशूनै मसिह हुनुहुन्छ भनी प्रकट गरिदिनुभयो ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_06_12.jpg)
जब परमेश्वरले सारा पृथ्वीलाई जलप्रलयद्वारा नाश गर्नुभयो, उहाँमाथि विश्वास गर्ने मानिसहरूलाई उहाँले जहाज प्रदान गरिदिनुभयो । ठीक त्यसै ढङ्गले, सबैजना आफ्ना पापको कारण नाश पारिन योग्यका हुन्छन्, तर परमेश्वरले उहाँमाथि विश्वास गर्ने सबैलाई उद्धार गर्नको निम्ति येशू प्रदान गरिदिनुभएको छ ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_29_02.jpg)
सयौँ वर्षसम्म, पूजाहारीहरूले मानिसहरूका निम्ति उनीहरूको पापको खातिर उनीहरूले पाउनुपर्ने दण्डको साटो परमेश्वरलाई निरन्तररूपमा बलिहरू चढाइदिए । तर ती बलिहरूले उनीहरूका पाप उठाइलान सकेन । येशूचाहिँ प्रधान-पूजाहारी हुनुहुन्छ । अरू पूजाहारीहरूको अगाडि, उहाँले आफैँलाई एकमात्र बलिको रूपमा सुम्पनुभयो जसले संसारका सबै मानिसहरूका पाप उठाइलान सक्नुहुनेछ । येशू सिद्ध प्रधान-पूजाहारी हुनुहुन्थ्यो किनभने हरेक मानिसले गरेको सबै पापको निम्ति उहाँले दण्ड भोग्नुभयो ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_02_25.jpg)
परमेश्वरले अब्राहामलाई भन्नुभयो, “पृथ्वीका सबै मानिस जातिहरू तँद्वारा आशिषित् हुनेछन् ।” येशू अब्राहामका एक सन्तान हुनुहुन्थ्यो । सबै मानिस जातिहरू उनीद्वारा आशिषित् हुन्छन्, किनकि सबैजना जसले येशूमा विश्वास गर्छन्, उनीहरूले पापबाट उद्धार पाउँछन्, र अब्राहामका आत्मिक सन्तान बन्छन् ।
![](https://static.globalrecordings.net/300x200/z01_Ge_22_08.jpg)
जब परमेश्वरले अब्राहामलाई उनका छोरा, इसहाकलाई, एक बलि स्वरूप चढाउन भन्नुभयो, परमेश्वरले बलिको निम्ति उनका छोरा इसहाकको सट्टामा एउटा थुमा जुटाउनु गर्नुभयो । हामी सबैजना हाम्रा पापको खातिर मारिन योग्यका छौँ। तर परमेश्वरले प्रभु येशु बलि हुनको निम्ति हाम्रो साटोमा दिनुभयो। त्यसैले हामि येशुलाई परमेश्वरको थुमा भन्छौ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_12_01.jpg)
जब परमेश्वरले मिश्रदेशमा अन्तिम विपत्ती पठाउनुभयो, उहाँले हरेक इस्राएली परिवारलाई एउटा सिद्ध थुमालाई मार्न र त्यसको रगत उनीहरूका घरको ढोकाको चौकोसका दुइपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाउन भन्नुभयो । जब परमेश्वरले त्यो रगत देख्नुभयो, उहाँले तिनीहरूका घरहरूलाई छोडेर जानुभयो र उनीहरूका जेठा सन्तानहरूलाई मार्नुभएन । यस घटनालाई निस्तार चाड भनिन्छ ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_12_02.jpg)
येशू हाम्रो निम्ति निस्तारको थुमा हुनुहुन्छ । उहाँ सिद्ध र पापरहित हुनुहुन्थ्यो र निस्तारचाडको उत्सवको समयमा मारिनुभएको थियो । जब कसैले येशूमा विश्वास गर्छ, येशूको रगतले त्यस व्यक्तिको पापको मोल तिरिदिन्छ, अनि परमेश्वरको दण्डले त्यस व्यक्तिलाई छोडेर जान्छ ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_19_10.jpg)
परमेश्वरले इस्राएलीहरूसँग एउटा करार बाँध्नुभयो, उनीहरू उहाँका चुनिएका मानिसहरू थिए । तर अब परमेश्वरले एउटा नयाँ करार बनाउनुभएको छ, जुनचाहिँ सबैको निम्ति उपलब्ध छ । यस नयाँ करारको कारणले गर्दा, कुनैपनि मानिसले येशूमा विश्वास गरेर परमेश्वरका सन्तान बन्न सक्दछन् ।
![](https://static.globalrecordings.net/300x200/z02_Ex_20_02.jpg)
मोशा महान् अगमवक्ता थिए जसले परमेश्वरको वचनको घोषणा गरे । तर येशूचाहिँ सबैभन्दा महान् अगमवक्ता हुनुहुन्छ । उहाँ परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँले गर्नुभएका र भन्नुभएका सबैथोक परमेश्वरको वचनका कामहरू थिए । त्यसैकारण येशूलाई परमेश्वरको वचन भनिन्छ ।
![](https://static.globalrecordings.net/300x200/z10_2Sa_09_03.jpg)
परमेश्वरले दाऊद राजालाई प्रतिज्ञा गर्नुभएको थियो कि उनका सन्तानहरूमध्ये एकजनाले राजाको रूपमा सदा-सर्वदाको निम्ति परमेश्वरका मानिसहरूमाथि राज्य गर्नेछन् । किनकि येशू परमेश्वरका पुत्र र मसिह हुनुहुन्छ, उहाँनै दाऊदका त्यस विशेष सन्तान हुनुहुन्छ जसले सदा-सर्वदा राज्य गर्न सक्नुहुनेछ ।
![](https://static.globalrecordings.net/300x200/z66_Re_21_02.jpg)
दाऊद इस्राएलका राजा थिए, तर येशूचाहिँ सारा संसारका राजा हुनुहुन्छ। उहाँ फेरि आउनु हुनेछ र न्याय र शान्तिसगँ सदाको लागि राज्य गर्नुहुने छ।