Válasszon nyelvet

mic

Részvény

Hivatkozás megosztása

QR code for https://globalrecordings.net/script/ne/1210

unfoldingWord 10 - दश विपत्तिहरू

unfoldingWord 10 - दश विपत्तिहरू

Áttekintés: Exodus 5-10

Szkript száma: 1210

Nyelv: Nepali

Közönség: General

Célja: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Állapot: Approved

A szkriptek alapvető irányelvek a más nyelvekre történő fordításhoz és rögzítéshez. Szükség szerint módosítani kell őket, hogy érthetőek és relevánsak legyenek az egyes kultúrák és nyelvek számára. Egyes használt kifejezések és fogalmak további magyarázatot igényelhetnek, vagy akár le is cserélhetők vagy teljesen kihagyhatók.

Szkript szövege

फारो हठी हुनेछन् भनी परमेश्‍वरले मोशा र हारूनलाई सचेत गराउनुभयो । जब मोशा र हारून फारोकहाँ गए, उनीहरूले भने, “इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे!'" तर फारोले उनिहरुको कुरा सुनेनन्। इस्राएलिहरुलाई स्‍वतन्‍त्रसाथ जानदिनको सट्टा, फारोले उनिहरुलाई अझ धेरै काम गर्न बाध्य बनायो ।

फारोले इस्राएलीहरूलाई छोड्न इन्कार गरिनै रहे, त्यसैले परमेश्‍वरले मिश्रदेशमा डरलाग्दा दशवटा विपत्तिहरू पठाइदिनुभयो । परमेश्‍वरले यी विपत्तिहरूद्वारा फारोलाई उहाँ फारो र सबै मिश्री देवहरूभन्दा शक्तिशाली हुनुहुन्छ भनी देखाउनुभयो ।

परमेश्‍वरले नील नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो, तर फारोले अझै पनि इस्राएलीहरूलाई जान दिएनन् ।

परमेश्‍वरले सारा मिश्रदेशभरि नै भ्यागुताहरू पठाउनुभयो । फारोले मोशालाई भ्यागुताहरू हटाइदिन विन्ती गरे । तर सबै भ्यागुताहरू मरेपछि फारोले आफ्नो हृदय फेरि कठोर पारे र इस्राएलीहरूलाई जान दिएनन् ।

त्यसैले परमेश्‍वरले भुसुनाहरूको महामारी पठाउनुभयो । अनि त्यसपछि उहाँले झिंगाको हुलैहुल पठाउनुभयो । फारोले मोशा र हारूनलाई बोलाए र यदि उनीहरूले त्यस महामारीलाई रोकेको खण्डमा इस्राएलीहरू जान दिने बताए । जब मोशाले प्रार्थना गरे, परमेश्‍वरले सारा झिंगाहरू मिश्रबाट हटाइदिनुभयो । तर फारोले फेरि आफ्नो हृदयलाई कठोर तुल्याए र इस्राएलीहरूलाई जान दिएनन् ।

त्यसपछि, परमेश्‍वरले मिश्रीहरूका सबै गाईवस्तुहरूमा महामारी निम्त्याउनुभयो र तिनीहरू सबै मरे । तर फारोको हृदय कठोर भयो र उनले इस्राएलीहरूलाई जान दिएनन् ।

अनि परमेश्‍वरले मोशालाई फारोको अगाडि हावामा खरानी फाल्न भन्‍नुभयो । जब उनले त्यसो गरे, मिश्रीहरूका शरीरमा कष्टकर खटिराहरू देखा परे, तर इस्राएलीहरूलाई केही भएन । परमेश्‍वरले फारोको हृदय कठोर तुल्याइदिनुभयो, र फारोले इस्राएलीहरूलाई जान दिएनन् ।

यसो भइसकेपछि परमेश्‍वरले असिना वर्षाउनुभयो जसले मिश्रदेशका धेरैजसो अन्‍नबाली नष्ट पार्‍यो र बाहिर निस्कने जो कोही पनि मारिए । फारोले मोशा र हारूनलाई बोलाए र भने, “मैले पाप गरेको छु । तिमीहरू यहाँबाट जान सक्छौ ।” अनि मोशाले प्रार्थना गरे र आकाशबाट असिना पर्न बन्द भयो ।

तर फारोले फेरि पनि पाप गरे अनि आफ्नो हृदयलाई कठोर तुल्याए । उनले इस्राएलीहरूलाई स्वतन्‍त्र हुन दिएनन् ।

त्यसैले परमेश्‍वरले सलहहरूका हुललाई मिश्रदेशमा पठाई दिनुभयो । यी सलहहरूले असिनाद्वारा बचेका सबै बाली खाइदिए ।

अनि परमेश्‍वरले अन्धकारलाई पठाउनुभयो जुन तीन दिनसम्म रहिरह्यो । त्यो यति अन्धकार थियो कि मिश्रीहरू आफ्ना घर छाेडेर बाहिर निस्किन सक्दैन थिए । तर इस्राएलीहरू बसेको ठाउँमा चाहिँ उज्यालो थियो ।

यी नौ वटा विपत्तिहरू भइसकेतापनि फारोले अझैपनि इस्राएलीहरूलाई मिश्रदेशबाट जान दिएनन् । फारोले परमेश्‍वरको कुरा नसुनेको कारणले अब उहाँले एउटा अन्तिम विपत्ति ल्याउने योजना गर्नुभयो । यस विपत्तिले चाहिँ फारोको मन परिवर्तन गर्‍यो ।

Kapcsolódó információ

Az Élet Szavai - Hangos evangéliumi üzenetek több ezer nyelven, amelyek Biblián alapuló üzeneteket tartalmaznak az üdvösségről és a keresztény életről.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?