unfoldingWord 30 - येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो

unfoldingWord 30 - येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो

रुपरेखा: Matthew 14:13-21; Mark 6:31-44; Luke 9:10-17; John 6:5-15

भाषा परिवार: 1230

भाषा: Nepali

दर्शक: General

ढंग: Bible Stories & Teac

लक्ष्य: Evangelism; Teaching

बाइबिल का प्रमाण: Paraphrase

स्थिति: Approved

ये लेख अन्य भाषाओं में अनुवाद तथा रिकौर्डिंग करने के लिए बुनियादी दिशानिर्देश हैं। प्रत्येक भिन्न संस्कृति तथा भाषा के लिए प्रासंगिक बनाने के लिए आवश्यकतानुसार इन्हें अनुकूल बना लेना चाहिए। कुछ प्रयुक्त शब्दों तथा विचारों को या तो और स्पष्टिकरण की आवश्यकता होगी या उनके स्थान पर कुछ संशोधित शब्द प्रयोग करें या फिर उन्हें पूर्णतः हटा दें।

भाषा का पाठ

मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्‍न ठाँउहरूमा पठाउनुभयो । जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए । त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो । त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए ।

तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए । यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्‍ने दाउले किनारै किनार भएर दौडे । तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्‍नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो ।

त्यस भीडमा स्‍त्री र बालकहरूलाई नगनीकन, करिब ५,००० भन्दा बढी पुरुषहरू थिए । येशूले ती मानिसहरूलाई दया देखाउनुभयो । येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए । त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो ।

दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन् । यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून् ।”

तर येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ!" उनिहरुले जवाफ दिए, "हामि यो कसरि गर्न सक्‍छौ? हामिसगँ केवल पाचँ रोटि र दुई साना माछाहरु छन्।"

येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्‍न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो ।

अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो ।

त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्‍नुभयो । उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो । चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन। त्‍यहाँ भएका सबैले खाए र सन्‍तुष्‍ट भए।

त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो. सबै खाना पाचँ रोटि र दुई माछाबाट उब्रिएको थियो।

संबंधित जानकारी

जीवन के वचन - जीआरएन के पास ऑडियो सुसमाचार सन्देश हज़ारों भाषाओं में उपलब्ध हैं जिनमें बाइबल पर आधारित उद्धार और मसीही जीवन की शिक्षाएँ हैं.

मुफ्त डाउनलोड - यहाँ आपको अनेक भाषाओं में जीआरएन के सभी मुख्य संदेशों के लेख,एवं उनसे संबंधित चित्र तथा अन्य सामग्री भी डाउनलोड के लिए मिल जाएंगे.

जीआरएन ऑडियो संग्रह - मसीही प्रचार और बुनियादी बाइबल शिक्षा संबंधित सामग्री लोगों की आवश्यकता तथा संसकृति के अनुरूप विभिन्न शैलियों तथा प्रारूपों में.

Copyright and Licensing - GRN shares it's audio, video and written scripts under Creative Commons

Choosing the right audio or video format - What audio and video file formats are available from GRN, and which one is best to use?