בחר שפה

mic

שתף

שתף קישור

QR code for https://globalrecordings.net/script/ne/1215

unfoldingWord 15 - प्रतिज्ञाको मुलुक

unfoldingWord 15 - प्रतिज्ञाको मुलुक

מתווה: Joshua 1-24

מספר תסריט: 1215

שפה: Nepali

קהל: General

מַטָרָה: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

סטָטוּס: Approved

סקריפטים הם קווים מנחים בסיסיים לתרגום והקלטה לשפות אחרות. יש להתאים אותם לפי הצורך כדי להפוך אותם למובנים ורלוונטיים לכל תרבות ושפה אחרת. מונחים ומושגים מסוימים שבהם נעשה שימוש עשויים להזדקק להסבר נוסף או אפילו להחלפה או להשמיט לחלוטין.

טקסט תסריט

अन्तत, इस्राएलीहरूको प्रतिज्ञाको मुलुक कनानभित्र प्रवेश गर्ने समय आएको थियो । यहोशूले दुईजना जासूसहरूलाई कनानी शहर यरीहोमा पठाए, जुन बलिया किल्लाहरूद्वारा संरक्षित थियो । त्यस शहरमा राहाब नाउँ गरेकी एकजना व्यभिचारी स्‍त्री बस्थिन् जसले ती जासूसहरूलाई लुक्न र पछि तिनीहरूलाई भाग्‍न सहायता गरिन् । उनले परमेश्‍वरमाथि विश्‍वास गरेको कारणले यी सबै कार्यहरू गरिन् । तिनीहरूले यरीहो शहरलाई ध्वस्त पार्दा राहाब र उनको परिवारलाईचाहिँ सुरक्षित राख्‍ने वाचा गरे ।

इस्राएलीहरू प्रतिज्ञाको मुलुकभित्र पस्‍नु अघि यर्दन नदी पार गर्नुपर्ने थियो । परमेश्‍वरले यहोशूलाई भन्‍नुभयो, “पहिला पूजाहारीहरूलाई जान देऊ ।” जब पूजाहारीहरू यर्दन नदीभित्र पसे, बगिरहेको पानी बग्‍न रोकियो त्यसकारण इस्राएलीहरू अब नदीको पल्लो छेऊ, सुख्खा भूमितर्फ जान सके ।

यर्दन नदी पार गरिसकेपछि, परमेश्‍वरले यहोशूलाई यरीहोको शक्तिशाली शहरमाथि आक्रमण गर्ने तरिका बताइदिनुभयो । मानिसहरूले परमेश्‍वरको आज्ञापालन गरे । परमेश्‍वरले भन्‍नुभएजस्तै, सिपाहीहरू र पूजाहारीहरूले ६ दिनसम्म लगातार यरीहोको शहरलाई घेरा हाली त्यसको वरिपरि परिक्रमा गरे ।

परमेश्‍वरले यो पनि भन्‍नु भयो कि सातौँ दिनमा इस्राएलीहरूले अरू सात पटक शहरको वरिपरि परिक्रमा गर्नु पर्छ। त्यसपछी पूजाहारीहरूले आफ्ना तुरही फुक्नु र सैनिकहरूले चर्को स्वरले कराउनु । त्यसैले तिनिहरुले त्यहि गरे ।

अनि यरीहोका चारैपट्टिका पर्खालहरू ढले । इस्राएलीहरूले परमेश्‍वरले भन्‍नुभएजस्तै शहरमा भएका सबै थोकहरू नष्ट गरे । तिनीहरूले केवल राहाब अनि उनका परिवारलाई मात्र छोडिदिए, उनीहरू पछि गएर इस्राएलीहरूकै हिस्सा बने । जब कनानमा बसिरहेका अरू मानिसहरूले इस्राएलीहरूद्वारा यरीहो शहर ध्वस्त पारिएको थाहा पाए, इस्राएलीहरूले अब अरू शहरहरूलाई पनि आक्रमण गर्नेछन् भनी तिनीहरू भयभित भए ।

परमेश्‍वरले इस्राएलीहरूलाई कनानमा बसोबास गरिरहेका कुनैपनि समूहका मानिसहरूसँग कुनै पनि सन्धि नगर्न आज्ञा दिनुभएको थियो । तर कनानका एक गिबोनी नाउँ गरेका जातका मानिसहरूले यहोशूप्रति छल गरे र आफूहरू कनान देशभन्दा टाढा ठाउँबाट आएका हुन् भनी ढाँटे । तिनीहरूले यहोशूसँग शान्ति-सन्धि गर्न प्रस्ताव राखे । यहोशू र इस्राएलीहरूले परमेश्‍वरलाई ती गिबोनीहरू कहाँबाट आएका हुन् भनी सोधेनन् । अनि यहोशूले तिनीहरूसँग शान्ति–सन्धि गरे ।

जब इस्राएलीहरूले आफूहरू ती गिबोनीहरूद्वारा छलिएको थाहा पाए, तिनीहरू अत्यन्तै क्रोधित भए, तर तिनीहरूसँग राखेको सन्धि कायमै राखे किनभने त्योचाहिँ परमेश्‍वरको अघि गरिएको प्रतिज्ञा थियो । केहि समयपछि, कनानमा भएका अरू जातिका राजा, अम्मोनीहरूले, गिबोनीहरूले इस्राएलीहरूसँग शान्ति-सन्धि गरेको सुने, त्यसैले तिनीहरूले आफ्ना सैनिकहरूलाई एकिकृत गरेर एउटा विशाल फौज बनाए र गिबोनमाथि आक्रमण गरे। गिबोनीहरूले यहोशूलाई सहायताको निम्ति सन्देश पठाए ।

त्यसैले यहोशूले इस्राएलका सैनिकहरूलाई भेला गराए र गिबोनीहरूकहाँ पुग्‍न पुरै रात हिँडे । झिसमिसे उज्यालोमा तिनीहरूले अचानक अम्मोनी फौजहरूमाथि आक्रमण गरे ।

त्यस दिन परमेश्‍वर इस्राएलीहरूको निम्ति लडिदिनुभयो । उहाँले अम्मोनीहरूलाई अन्योलमा पारिदिनुभयो र ठूलाठूला असिनाहरू वर्षाइदिनुभयो, जसद्वारा धेरै अम्मोनीहरू मरे ।

परमेश्‍वरले सूर्यलाई आकाशको एकै ठाउँमा स्थिर पारी राखिदिनुभयो, ताकि इस्राएलीहरूसँग अम्मोनीहरूलाई परास्त गर्नको लागि प्रशस्त समय रहोस् । त्यस दिन, इस्राएलको निम्ति परमेश्‍वरले महान् विजय दिनुभयो ।

परमेश्‍वरले ती फौजहरूलाई परास्त गर्नुभएपछि कनानका अरू धेरै जातिहरू एकिकृत भई इस्राएललाई आक्रमण गरे । यहोशू र इस्राएलीहरूले पनि आक्रमण गरे र तिनीहरूलाई ध्वस्त पारे ।

यो लडाईंपछि परमेश्‍वरले इस्राएलका प्रत्येक कुललाई तिनीहरूका आफ्नै प्रान्त प्रतिज्ञा गरिएको मुलुकमा दिनुभयो । अनि परमेश्‍वरले सारा इस्राएल र त्यसका सीमानामा समेत शान्ति दिनुभयो ।

जब यहोशू वृद्ध भए, उनले इस्राएलका सारा मानिसहरूलाई एकसाथ भेला गराए । अनि उनले ती मानिसहरूलाई सिनै पर्वतमा इस्राएलीहरूसँग परमेश्‍वरले राख्‍नुभएको करार पालना गर्नुपर्ने बाध्यताको स्मरण गराए । मानिसहरूले परमेश्‍वरमा विश्‍वासयोग्य हुने र उहाँका व्यवस्था पालन गर्ने प्रतिज्ञा गरे ।

מידע קשור

Words of Life - Audio gospel messages in thousands of languages containing Bible-based messages about salvation and Christian living.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?